बिहिवार , मंसिर १३, २०८१
भैरहवा, १३ मंसिर । सिद्धार्थ सञ्जाल, रुपन्देहीले क्यासिनोका कर्मचारीहरुमाथि आक्रमण गर्नेलाई कारवाही गर्न माग गरेको छ । सञ्जालले बिहीबार विज्ञप्ती जारी गर्दै सिद्धार्थनगर नगरपालिका–८ बसडिलवास्थित एसियन बुद्ध होटलद्वारा सञ्चालित एलिगेंट क्यासिनोका जनरल मेनेजर समीर शर्मा र बैकुण्ठ न्यौपानेमाथि आक्रमण गर्नेलाई कारवाहीको माग गरेको हो ।
सञ्जालका अध्यक्ष अनिल कुमार ज्ञवालीले क्यासिनोका कर्मचारीमाथि ज्यान मार्ने उद्देश्यका साथ अज्ञात व्यक्तिहरुद्वारा सांघातिक आक्रमण भएकोले उक्त अपराधिक कार्य गर्ने व्यक्तिहरुलाई यथाशिघ्र खोजतलास गरी प्रचलित कानून अनुसार कारवाही गर्न सुरक्षा निकायसँग माग गरेका छन् ।
क्यासिनोका दुईजना कर्मचारीहरुमाथि गत मंसिर १० गते सोमबार राती अन्दाजी १० बजे धारिलो हतियार प्रयोग गरी अज्ञात समूहले आक्रमण गरेको थियो ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij