images
images

शुक्रवार, जेठ ४ गते २०८१

महिनावारीको समयमा प्रयोग गरिने प्याड सुरक्षित हुनुपर्नेमा जोड

महिनावारीको समयमा प्रयोग गरिने प्याड सुरक्षित हुनुपर्नेमा जोड

images
images
images
बुधवार, फाल्गुण २६ २०७७
बुधवार, फाल्गुण २६ २०७७
  • महिनावारीको समयमा प्रयोग गरिने प्याड सुरक्षित हुनुपर्नेमा जोड

    बुटवल, २६ फागुन ।
    किशोरीहरु तथा महिलाहरु स्वस्थ हुनको लागि महिनावारीको समयमा प्रयोग गरिने प्याड सुरक्षित हुनुपर्नेमा जोड दिइएको छ । बुटवलमा भएको एक कार्यक्रममा बोल्ने बक्ताहरुले महिनावारीको समयमा प्रयोग गरिने कपडा तथा असुरक्षित प्याडको कारणले समस्याहरु सिर्जना भइरहेको बताउँदै यो अवस्थाको अन्त्यको आवश्यकता औल्याइएको हो ।

    बुटवल उपमहानगरपालिका शिक्षा महाशाखा एव रोज फाउन्डेशनको सहकार्यमा किशोरी स्वास्थ्य परियोजना अन्र्तगत प्राध्यापकको भुमिका सम्बन्धि एकदिने अन्तरक्रिया कार्यक्रममा निःशुल्क भेन्डिङ मेसिन वितरण कार्यक्रममा बोल्ने वक्ताहरुले उक्त कुरामा जोड दिएका थिए ।

    बुटवल उपमहानगरपालिका भित्रका सामुदायिक विद्यालयहरुका प्रध्यानाध्यापकहरुको सहभागितामा भएको अन्तरक्रियामा रोज फाउण्डेशनले सुरक्षित प्याडको लागि कामहरु गरिरहेको जनाइएको थियो ।

    फाउण्डेशनले बुटवल उपमहानगरपालिकाभित्रका विद्यालयहरुमा भेन्डिङ मेसिन जडान गरी सुरक्षित प्याड वितरणका लागि काम गरिरहेको फाउण्डेशनका अध्यक्ष माधब भण्डारीले जानकारी दिए । फाउन्डेशनका अध्यक्ष एव रोज बहिनी सिर्जनशील महिला समाजको संरक्षक समेत रहेका भण्डारीले देशभर यो अभियान सञ्चालन भइरहेको बताए ।

    उनले हालसम्म ३५ जिल्लाका ६० पालिकामा काम भईरहेको बताउँदै सहकार्यका लागि बुटवल आएको बताए । हालसम्म ४ हजार विद्यालयहरुका १० लाख बढी किशोरीहरुलाई प्रत्यक्ष फाइदा पुग्ने गरी काम भइरहेको उनको भनाइ छ । उनले प्रशिक्षण दिंदै विद्यालयमा सेनेटरी प्याडको लागि प्रयोग गरिने भेन्डिङ मेसिनको उपयोगिता र फाइदाको बारेमा बताएका थिए ।

    कार्यक्रममा बोल्दै बुटवल उपमहानगरपालिका प्रमुख शिवराज सुवेदीले बुटवल अन्य क्षेत्रको तुलनामा सशक्त रहेको बताउँदै यो कार्यक्रमले बुटवलको विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताए । उनले बुटवलका सबै सामुदायिक विद्यालयहरुबाट यो अभियान सञ्चालन गर्ने बताउँदै संस्थागत विद्यालयहरुमा समेत सञ्चालनको पहल गर्ने बताए । उनले उपमहानगरको विकासको लागि काम गरिरहेको बताउँदै काम भए नभएको समयसमयमा नियमन भइरहेको बताए । उनले किशोरी एवं महिलाको स्वास्थमा ध्यान पु¥याउन आवश्यक रहेको बताए ।

    त्यस्तै बुटवल उपमहानगरपालिका उपप्रमुख गुमादेवी आचार्यले महिलाको क्षेत्रमा उपमहानगरले धेरै कामहरु गररहेको बताउँदै यो पनि महिलासंग सम्बन्धित कार्यक्रम रहेको बताइन् । उनले यो कार्यक्रम सफल पार्नको लागि सबै विद्यालयका प्रअहरुले ध्यान दिन आग्रह समेत गरेकी थिइन् । उनले प्रभावकारी बनाउनको लागि काम गर्नुपर्ने बताइन् ।

    कार्यक्रममा फाउण्डेशनले उपमहानगरका ३ वटा बिद्यालयलाई ३ वटा भेन्डिङ मेसिन समेत हस्तान्तरण गरेको छ । नवरन्त मा.वि., नहरपुर मा.वि. र ज्ञानोदय मा.वि.लाई १–१ वटा मेसिन हस्तान्तरण गरिएको हो ।

    रोज फाउण्डेशन रुपन्देही अध्यक्ष राधा भट्टराईको स्वागत तथा संस्थाकी प्रेस सल्लाहकार पूजा पन्थीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।


    images
    images
    images

    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij