२०८२, भाद्र ११ गते

Aug 27 2025 | २०८२, भाद्र ११ गते

विशिष्टीकृत सहकारीलाई स्थानीय उत्पादन बढाउन परिचालन गर्ने प्रदेश सरकारको योजना

शनिवार , मंसिर ८, २०८१

  • 1.1K
    Shares
  • 1.1K
    Shares
  • बुटवल, ८ मंसिर । लुम्बिनी प्रदेश सरकारले विशिष्टीकृत सहकारी संस्थाहरुलाई स्थानीय उत्पादनमा जोड्ने गरी परिचालन गर्ने भएको छ । मुख्यमन्त्री चेतनारायण आचार्यले रुपन्देहीको तिलोत्तमामा लुम्बिनी विशिष्टीकृत सहकारी संस्था लिमिटेडले सञ्चालन गरेको दुग्ध तथा प्रशोधन उद्योगको शनिबार अवलोकन गर्दै स्थानीय उत्पादन बढाउन विशिष्टीकृत सहकारी संस्थालाई परिचालन गर्ने गरी सरकारले योजना बनाउने बताएका हुन् ।

    ‘स्थानीय उत्पादन नबढ्दासम्म अर्थतन्त्र पनि बलियो हुन सक्दैन । आत्मनिर्भरताका लागि स्थानीय उत्पादन बढाउन जरुरी छ । यो काममा विशिष्टीकृत सहकारी संस्थाहरुको भूमिका महत्वपूर्ण रहन्छ’उनले भने,‘दुध, मासु, खाद्यान्न लगायत स्थानीय उत्पादन बढाउन सहकारीलाई परिचालित गर्न जरुरी छ । आयातलाई घटाउँदै निर्यात बढाउने खालका उत्पादनमा लगानी बढाउन जरुरी छ ।’ विशिष्टीकृत सहकारी संस्थाले सञ्चालन गर्ने उद्यम तथा उद्योगको विकासको लागि प्रदेश सरकारले ऋण तथा उत्पादन प्रोत्साहन अनुदानको लागि नीतिगत व्यवस्था गर्ने उनले बताए । 

    WhatsApp Image 2024-11-24 at 7.24.16 PM.jpeg

    WhatsApp Image 2024-11-23 at 6.45.34 PM.jpeg

    तिलोत्तमामा १४ करोडको लगानीमा उद्योग स्थापना भएको छ । यो उद्योगमा ३ लाख बढी किसान प्रत्यक्ष जोडिएको लुम्बिनी विशिष्टीकृत सहकारी संस्थाका कार्यवाहक अध्यक्ष ज्ञानु पौड्यालले जानकारी दिइन् । तिलोत्तमा नगरपालिका–६, पश्चिम पहुनीमा स्वचालित प्रविधि जडित डेरी उद्योग हालसालै स्थापना गरिएको हो । डेरी उद्योगले दुग्धजन्य पदार्थ उत्पादन सुरु गरेको छ ।

    WhatsApp Image 2024-11-24 at 7.24.16 PM (2).jpeg
    WhatsApp Image 2024-11-23 at 6.45.35 PM.jpeg