२०८३, बैशाख १४ गते

Apr 27 2026 | २०८३, बैशाख १४ गते

अराजकता र भ्रम चिरेर अगाडि बढ्नुस : लिला गिरी

शुक्रवार , मंसिर ७, २०८१

  • 580
    Shares
  • 580
    Shares
  • बुटवल, ७ मंसिर । नेकपा (एमाले) का पोलिटब्यूरो सदस्य लिला गिरीले अराजकता र भ्रम चिरेर अगाडि बढ्न कार्यकर्ता पंक्तिलाई आग्रह गरेका छन् । एमाले बुटवल उपमहानगर कमिटीको प्रथम पूर्ण बैठकलाई शुक्रबार सम्बोधन गर्दै उनले काँग्रेस–एमाले गठबन्धन २०८४ को चुनावसम्मै जाने भएकाले सरकार र पार्टीविरुद्ध फैलाइएका भ्रमलाई निस्तेज पारेर अगाडि बढ्नुको विकल्प नभएको बताए ।

    उनले सरकारले राम्रो काम गरिरहेको तर, जनतामा गलत र नकारात्मक भाष्य सिर्जना गरी दिग्भ्रमित पार्ने र त्यसैको रोटी सेक्ने कसरत भइरहेको बताए । उनले जनतामा सकारात्मक सन्देश प्रवाह गर्न, नागरिकका अप्ठेरा र सुखदुःखमा जोडिन र सरकारको कामलाई जनस्तरमा पु¥याउन कार्यकर्तालाई आग्रह गरे ।

    लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री समेत रहेका नेता गिरीले मुलुकलाई राजनीतिक स्थायीत्व र निकास दिन र मुलुकको अर्थतन्त्र सुधारका लागि मुलुकका दुई प्रमुख दलबीच सहमति भइ सरकार बनेको दावी गरे ।

    बैठकमा पार्टीका केन्द्रीय सदस्य शिवराज सुवेदी, लुम्बिनी प्रदेश उपाध्यक्ष भोजप्रसाद श्रेष्ठ, प्रदेश कमिटी सदस्य एवं बुटवल उपमहानगर कमिटी इञ्चार्ज गोपाल राना, रुपन्देही जिल्ला अध्यक्ष यज्ञ गैरे, उपमहानगर कमिटी उपाध्यक्ष माधव खनाल, सचिव दिनानाथ भट्टराई लगायतले जनतामा भ्रम फैलाउने विपक्षीको प्रयास सफल नहुने बताएका थिए ।

    बैठकले नगर अधिवेशनको समीक्षा गर्नुका साथै सचिवालय गठन, टोलगत जिम्मेवारी बाँडफाँड र वार्षिक कार्ययोजना तय गरेको एमाले बुटवल उपमहानगर कमिटी अध्यक्ष शोभाखर पोखरेलले जानकारी दिए ।