२०८३, आषाढ ७ गते

Jun 21 2026 | २०८३, आषाढ ७ गते

एमालेमाथि चौतर्फी आक्रमण हुन थालेको छ : शंकर पोखरेल

शुक्रवार , मंसिर ७, २०८१

  • 607
    Shares
  • 607
    Shares
  • काठमाडौं, ७ मंसिर । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले राष्ट्र र राष्ट्रियताको पक्षमा उभिएकै कारण एमालेमाथि चौतर्फी आक्रमण हुन थालेको बताएका छन् । एमालेले काठमाडौंमा आयोजना गरेको जागरण सभालाई सम्बोधन गर्दै महासचिव पोखरेलले राष्ट्र र राष्ट्रियताको पक्षमा काम गरेपछि चौतर्फी आक्रमण हुन थालेको र एमालेलाई समाप्त पार्न अनेक खालका षडयन्त्र भइरहेको बताएका हुन् ।

    विभिन्न नाममा राष्ट्रलाई भ्रममा पार्ने षडयन्त्रका विरुद्ध एमालेले जागरण सभा आयोजना गरेको उनले बताए । उनले देशका दुई ठुला राजनीतिक दल नेपाली कांग्रेस र एमाले मिलेर राष्ट्रलाई राजनीतिक निकास दिन लागेको बेला यी खालका षडयन्त्र भएको उनले बताए । 

    नेकपा एमालेलाई पटकपटक विभाजनको प्रयास गरिएका भए पनि कार्यकर्ता पंक्ति चट्टान जसरी उभिएर पार्टीलाई जोगाई अहिलेको अवस्थामा ल्याएको उनले बताए । एमालेसँग जोडेर विभिन्न प्रचार गरिएको बताउँदै उहाँले त्यसमा एमालेको कुनै संलग्नता नरहेको स्पष्ट पारे । 

    सहकारी छानबिनमा व्यक्ति केन्द्रित नभएर घटना केन्द्रित भएर छानबिन गरौं भन्ने दल एमाले भएको स्मरण गराउँदै उनले व्यक्ति केन्द्रित भएर अनुसन्धान गरौँ भन्ने रवि लामिछाने अहिले आफै अनुसन्धानको दायरामा रहेको बताए । त्यसको दोष समेत अहिले एमालेमाथि लगाउने काम भइरहेको पोखरेलले बताए ।

    एमालेले रेलका कुरा गर्दा कागजको रेल बनाएर उडाउने काम गरिएको बताउँदै उनले चीनले र भारतले नेपालमा रेललाई विस्तारको लागि चासो दिएको स्मरण गराए ।