२०८२, भाद्र १० गते

Aug 26 2025 | २०८२, भाद्र १० गते

सरकारबाट हट्नेबित्तिकै प्रचण्डले अनेकखालका तिकडम अपनाउन थाले : प्रदीप ज्ञवाली

बुधवार , मंसिर ५, २०८१

  • 343
    Shares
  • 343
    Shares
  • काठमाडौं, ५ मंसिर । नेकपा (एमाले) का उपमहासचिव प्रदीप ज्ञवालीले सामाजिक अराजकता फैलाइ जनतामा निराशा छर्ने प्रयास भइरहेको बताएका छन् । एमाले केन्द्रीय प्रचार तथा प्रकाशन विभाग र प्रेस चौतारी नेपालले बुधबार काठमाडौंमा आयोजना गरेको पत्रकारहरुसँगको छलफलका क्रममा ज्ञवालीले अराजकता र अस्थिरता चाहनेहरू एक ठाउँमा आउन खोजिरहेको समेत बताए ।

    उनले देशको प्रधानमन्त्रीको नागरिकता र हस्ताक्षर किर्ते गर्नेले भविष्यमा जस्तोसुकै अपराध गर्न सक्ने भएकाले सबै सजक हुनुपर्ने धारणा राखे । मुलुकको परिवर्तनका मुख्य संवाहक नेपाली कांग्रेस र नेकपा (एमाले) नै भएका बताउँदै उनले अहिले पनि अराजकता र अस्थिरता अन्त्यको लागि दुई दल एक ठाउँमा उभिनुपरेको जिकिर गरे ।

    कांग्रेस–एमाले नमिल्दा माओवादी अध्यक्ष प्रचण्डले अस्थिरतामा खेलिरहेका कारण दुई दल एक ठाउँमा उभिन बाध्य भएको उनको भनाइ छ । त्यस्तै ज्ञवालीले सरकारबाट हट्नेबित्तिकै प्रचण्डले अनेक खालका तिकडम अपनाउन थालेको आरोप समेत लगाए ।

    पूर्वमन्त्री समेत रहेका ज्ञवालीले केपी ओली नेतृत्वको सरकार बनेपछि सुशासनका साथै अर्थतन्त्र सुधारको संकेत देखिएको बताए । एमालेको राष्ट्रिय स्वतन्त्र पार्टी र रवि लामिछानेसँग कुनै प्रतिष्पर्धा नै नभएको भन्दै उनले एमालेले रास्वपा र रवि लामिछानेलाई फसाउनुपर्ने कुनै कारण नभएको स्पष्ट पारे । 

    ज्ञवालीले देश बन्दैछ भन्ने सन्देश जनतालाई दिनका लागि मंसिर ७ गते काठमाडौंको दरबारमार्गमा जागरण सभा आयोजना गरिएको बताए ।