२०८२, श्रावण ७ गते

Jul 23 2025 | २०८२, श्रावण ७ गते

रोहिणी गाउँपालिकाले सञ्चालनमा ल्यायो एम्बुलेन्स

बुधवार , फाल्गुण २६, २०७७

भैरहवा, २६ फागुन । 
रुपन्देहीको रोहिणी गाउँपालिकाले दुईवटा एम्बुलेन्स सञ्चालनमा ल्याएको छ । जनतालाई स्वास्थ्यको पहुँचमा पुर्‍याउने उद्देश्यले गाउँपालिकाले एम्बुलेन्स सञ्चालनमा ल्याएको हो । गम्भिर र सामान्य प्रकृतिका विरामीहरुलाई उपचारका लागि बाहिर लैजाँदा महंगो शुल्क तिर्नुपर्ने बाध्यता थियो । अहिले गाउँपालिकामै एम्बुलेन्स आएपछि यसले रोहिणीका स्थानीय मात्र नभइ यस आसपासका ओमसतिया गाउँपालिका तथा नवलपरासीको छिमकी क्षेत्रहरु पनि लाभान्वित हुने भएका छन ।

गाउँपालिकामा सञ्चालनमा आएका एम्बुलेन्समध्ये एक एम्बुलेन्स धकधई स्वास्थ्य चौकीमा रहनेछ भने अर्को वोदवार प्राथमिक स्वास्थ्य चौकी पिपरहवामा राखिनेछ ।

गाउँपालिकाका स्थानीयले र्‍यालीसहित फुलमाला अविर लिएर एम्बुलेन्सको स्वागत गरेका छन् । उनीहरुले आफुहरुले चर्को रकम तिरेर अस्पताल जानुपर्ने समस्या टरेको भन्दै उत्साहित भएका छन् ।

गरीब जनताले पनि स्वास्थ्य सेवा पाउने भए पनि खुशी लागेको स्थानीयहरुको भनाई छ । सिंहदरबारको अधिकार गाउँमा भन्ने नाराले बल्ल सार्थकता पाएको उनीहरुले प्रतिक्रिया दिए । एम्बुलेन्समा सस्तोमा बिरामी बोकिने भन्दै रोहिणी  गाउँपालिकाका अध्यक्ष सनोज कुमार यादवले गरीब जनतालाई यसले सबैभन्दा धेरै लाभ मिल्ने विश्वास व्यक्त गरे ।

IMG_4532.JPGध्यक्ष यादवले विकासको अध्याय सुरु भएको बताए । गाउँपालिकाका प्रत्येक वडामा स्वास्थ्य सेवा सञ्चालन सुरु भएको बताउँदै उनले अब एम्बुलेन्सको साथै स्वास्थ्य सेवामा कुनै कसर बाँकी नराख्ने उद्घोष गरे । उनले गाउँपालिकाभित्र रहेका ३ वटा सुत्केरी केन्द्रमा सुत्केरी हुन आउने गर्भवती महिलालाई अस्पताल ल्याउने र त्यहाँबाट फेरी घर निःशुल्क रुपमा लैजाने व्यवस्था रहेको जानकारी दिए । अन्य स्थानमा लैजान परे अन्य एम्बुलेन्स भन्दा कम शुल्कमै अस्पताल पुर्‍याउने व्यवस्था भएको उनले बताए ।
कोभिड महामारीको समयमा गाउँपालिकामा स्थापना भएको क्वारेन्टाइनबाट संक्रमितलाई अस्पताल लैजान र ल्याउन धेरै समस्या भएको बताउँदै यादवले भविष्यमा यो समस्याबाट मुक्ति पाउन पाउन एम्बुलेन्सले सहयोग गर्ने अपेक्षा व्यक्त गरे ।

रोहिणी गाउँपालिकाले आर्थिक वर्ष २०७६/०७७ को बजेटबाट एम्बुलेन्स खरीद गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रोमनाथ न्यौपानेले जानकारी दिए । नेपाल सरकारद्वारा भन्सार महशुल तथा मूल्य अभिवृद्धि कर छुट सुविधा प्राप्त गरेको बोलेर कम्पनीको दुवै एम्बुलेन्सको मूल्य २० लाख ४३ हजार ५ सय ७४ रुपैयाँ परेको न्यौपानेले जानकारी दिए ।