२०८३, श्रावण ३१ गते

Aug 16 2026 | २०८३, श्रावण ३१ गते

कपिलवस्तुको शुद्धोधन–१ मा नेकपा एसबाट सुब्बा थारूको उम्मेदवारी

आइतवार , मंसिर २, २०८१

  • 934
    Shares
  • 934
    Shares
  • भैरहवा, २ मंसिर । नेकपा (एकीकृत समाजवादी) बाट कपिलवस्तुको शुद्धोधन गाउँपालिका वडा नम्बर १ को वडाअध्यक्षमा सुब्बा थारूको उम्मेदवारी दर्ता भएको छ । आइतबार पार्टीका पोलिटब्यूरो सदस्य अब्दुल हुसेनको नेतृत्वमा थारूको उम्मेदवारी दर्ता गरिएको हो । 

    शुद्वोधनमा लामो समयदेखि सामाजिक कार्य गर्दै आएका थारूले विकास, सुशासन र किसानको मुद्दा लिएर वडाअध्यक्षको उम्मेदवार भएको बताएका छन् । नेकपा (एस)को झण्डा र ब्यानरसहित थारूले मनोनयन दर्ता गराएका हुन् । 

    f6040255-8f10-4450-b498-77b7cfd6bb7e.jpeg

    पूर्व जनप्रतिनिधि समेत भएर काम गरेको इमान्दार र निष्ठावान उम्मेदवार उठाएको पोलिटब्यूरो सदस्य अब्दुल हुसेनले जानकारी दिए । उम्मेदवारी दर्तामा पार्टीको केन्द्रीय सदस्य मीना परियार, केन्द्रीय सदस्य अहमद अब्दुल रउफ, कपिलवस्तु जिल्ला अध्यक्ष गीता अन्जान केसि, जिल्ला उपाध्यक्ष फैजल रहमान खान, अखिल नेपाल महिला संघ (अनेसमंघ) कपिलवस्तु अध्यक्ष करिश्मा चन्द लगायत नेताहरूको उपस्थिति रहेको थियो । 

    वडाअध्यक्ष तिलकराम यादवको निधनपछि रिक्त वडाध्यक्ष पदमा यहाँ उपनिर्वाचन हुन लागेको हो । आगामी मंसिर १६ गते स्थानीय तहको उपनिर्वाचन हुँदैछ ।