२०८२, भाद्र ११ गते

Aug 27 2025 | २०८२, भाद्र ११ गते

कीर्तिपुर नगर प्रमुखका लागि उम्मेदवारी दर्ता

आइतवार , मंसिर २, २०८१

  • 457
    Shares
  • 457
    Shares
  • काठमाण्डौ,२ मंसिर । मंसिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनका लागि कीर्तिपुर नगरपालिकामा उम्मेदवारी दर्ता भएको छ ।

     
    आईतवार कीर्तिपुर महानगरपालिका प्रमुख र वडा नम्बर ४ को अध्यक्षका लागि उम्मेदवारी दर्ता गरेका हुन् । नेकपा एमाले, नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, नेपाल लगायतका राजनीतिक दलहरुले उम्मेदवारी दर्ता गराएका हुन् । एमालेको तर्फबाट मेयरमा डा सुरेन्द्र मानन्धरले उम्मेदवारी दर्ता गराएका छन । राप्रपाबाट मेयरमा ध्रुव महर्जनले उम्मेदवारी दिएका छन। जसपा नेपालबाट मेयरमा तेस्रो लिंगी दीपक महर्जनले उम्मेदवार दिएका छन । अन्य उम्मेदवारहरुले पनि उम्मेदवारी दर्ता गराउने क्रम जारी रहेको छ ।