२०८२, भाद्र ११ गते

Aug 27 2025 | २०८२, भाद्र ११ गते

राष्ट्रिय कर दिवस–२०८१ को अवसरमा भैरहवामा प्रभातफेरी (फोटोफिचर)

शनिवार , मंसिर १, २०८१

  • 1.5K
    Shares
  • 1.5K
    Shares
  • भैरहवा, १ मंसिर । राष्ट्रिय कर दिवस–२०८१ को अवसर रुपन्देहीको भैरहवामा प्रभातफेरी निकालिएको छ । आन्तरिक राजस्व कार्यालय, भैरहवाको आयोजनामा शनिबार बिहान प्रभातफेरी निकालिएको हो ।

    आन्तरिक राजस्व कार्यालय भैरहवाको प्रांगणबाट सुरु भएको प्रभातफेरी देवकोटा चोक, बैंकरोड, मिलनचोक, नारायणपथ, बुद्धचोक हुँदै पुनः आन्तरिक राजस्व कार्यालयको प्रांगणमा पुगेर समापन भएको थियो । 

    प्रभातफेरीमा सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देही, चेम्बर अफ कमर्स, रुपन्देही (उद्योग व्यापार संगठन, रुपन्देही), तिलोत्तमा उद्योग वाणिज्य संघ, तिलोत्तमा व्यापार संघ, सिद्धार्थ होटल संघ, नेपाल, देवदह व्यापार संघ, मदिरा व्यवसायी संघ भैरहवा, सिद्धार्थ सञ्जाल रुपन्देही, नेपाल अडिटर्स एशोसियसन (अडान), रुपन्देही, कर सहयोगी श्रमिक संगठन, नेपाल रुपन्देही, आन्तरिक राजस्व कार्यालयका कर्मचारी, सुरक्षाकर्मी, सञ्चारकर्मी लगायतको सहभागीता रहेको थियो । प्रभातफेरीमा सहभागीहरुले करसम्बन्धि विभिन्न जनचेतनामूलक नारा लेखिएका प्लकार्ड बोकेका थिए ।

    सो अवसरमा बोल्दै आन्तरिक राजस्व कार्यालय भैरहवाका प्रमुख कर अधिकृत प्रेमराज पोख्रेलले कर सम्बन्धि केही समस्या करदाता शिक्षा र अन्तरक्रियाका माध्यमबाट समाधान गरिने बताए । उनले सम्पूर्णमा कर तिरौं, तिरौं भन्ने भावना जागृत गर्नका लागि कर दिवस मनाइएको बताए । मंसिर १ देखि ७ गतेसम्म मनाइने राष्ट्रिय कर दिवस–२०८१ अन्तर्गत पहिलो दिन प्रभातफेरी कार्यक्रम गरिएको पोख्रेलले जानकारी दिए । 

    कर सप्ताह अन्तर्गत करदाता शिक्षा तथा अन्तरक्रिया, ब्याडमिन्टन प्रतियोगिता, रुपन्देही र पश्चिम नवलपरासी जिल्लामा रहेका उद्योगी–व्यवसायीमध्ये सबैभन्दा धेरै कर तिर्ने उद्योगी–व्यवसायी १–१ जना र आन्तरिक राजस्व कार्यालयमा कार्यरतमध्ये उत्कृष्ट कार्य गर्ने एकजना कर्मचारीलाई पुरस्कृत र सम्मानित गरिने बताए । उनले कार्यालयले सेवा प्रवाहलाई सुधार गर्दै सहज बनाउँदै अघि बढ्ने बताए । 

    ‘कर प्रणालीको सार, लगानीको आधार’ भन्ने मूल नाराका साथ विभिन्न कार्यक्रम गरी राष्ट्रिय कर दिवस–२०८१ मनाइँदैछ ।

    WhatsApp Image 2024-11-16 at 11.18.44 AM.jpeg
    IMG_4620.JPG
    IMG_4590.JPG
    IMG_4588.JPG
    IMG_4639.JPG
    IMG_4665.JPG
    IMG_4622.JPG
    IMG_4604.JPG
    IMG_4599.JPG


    IMG_4596.JPG
    IMG_4586.JPG
    IMG_4579.JPG