२०८२, मंसिर ६ गते

Nov 22 2025 | २०८२, मंसिर ६ गते

श्री दक्षिणेश्वरधाममा शिवरात्री पर्व भव्य रुपमा मनाइने

बुधवार , फाल्गुण २६, २०७७

  • 2.9K
    Shares
  • 2.9K
    Shares
  • भैरहवा, २६ फागुन । 
    रुपन्देहीको सियारी गाउँपालिकामा अवस्थित दक्षिणेश्वर धाम सेवा संस्थाले शिवरात्री पर्व भव्य रुपमा मनाउने भएको छ । यही फागुन २७ गते सियारी गाउँपालिका वडा नम्बर ३ र ४ मा अवस्थित धाममा महाशिवरात्रीको अवसरमा रुद्री, रुद्रभिषेक, जागरण, दान, भण्डारा, भजनकिर्तन, प्रवचनको मन्दिर निर्माणको शुभारम्भ गरिने विश्व हिन्दु परिषद नेपाल रुपन्देहीका अध्यक्ष शेषनारायण शुक्लाले बताए । 

    सियारी नदीको तटमा अवस्थित पौराणिक एवं ऐतिहासिक महत्व बोकेको स्वयं सिद्ध पावन पूण्य तपोभूमि दक्षिणेश्वर धाम महागते आश्रमको परिसरमा कार्यक्रम धामका सह–सचिव समेत रहेका शुक्लाले बताए । 

    दक्षिणेश्वरधामले बाल चेतना, परम्परागत संस्कार, युवा तथा पौढहरुलाई विभिन्न चेतनाका कार्यक्रमहरु दिँदै आएको छ । घर नभएका विपन्न गरिबहरुलाई घर बनाउन सहयोग गरिदिने, समृद्धिको कार्यक्रम अन्तर्गत मल बिउ नभएका किसानहरुलाई मल बिउ उपलब्ध गराउन आर्थिक सहयोग गर्ने जस्ता महत्वपूर्ण कामहरु गर्दै आएको शुक्लाले बताए । 

    विश्वका प्रसिद्ध १२ जना गुरुहरुमध्ये एक जना गुरु यस महामुनि वन्दारु ऋधि श्री : श्रित : महागत धाममा रहेका छन, धामका सह–सचिव शुक्लाले भने, ‘अन्तर्राष्ट्रिय स्तरमा समेत कार्यक्रमहरु गर्दै आइरहेका छौँ ।’ जापान, फ्रान्स, क्यानडा, भारतको बैंगलोर, हैदारावाद, आसाम लगायतका ठाउँहरुमा कार्यक्रम चलाएका छौँ । 

    जीवनलाई कसरी सन्तुलन बनाउन सकिन्छ भनेर ज्ञान दिनुका साथै सुखी परिवार भन्ने उद्देश्य र लक्ष्यका साथ कार्यक्रम गर्दै आएको आयोजकको दावी छ । 

    शिवरात्रीमा गत वर्षहरुमा ५–७ हजारको हाराहारीमा भक्तजनहरु आउने गरेकोमा यो वर्ष ११–१२ हजारको संख्यामा आउने आउने आयोजकको अपेक्षा छ ।  मन्दिर निर्माण शुभारम्भ कार्यक्रमको उद्घाटन लुम्बिनी प्रदेश सरकारका प्रवक्ता एवं भौतिक पूर्वाधार विकास मन्त्री बैजनाथ चौधरीले गर्नुहुने कार्यक्रममा प्रतिनिधिसभा सदस्य तथा पूर्वमन्त्री घनश्याम भुसाल, प्रतिनिधिसभा सदस्य प्रमोद कुमार यादव, लुम्बिनी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री लिला गिरी, प्रदेशसभा सदस्य सन्तोष कुमार पाण्डेय, तुल्सी प्रसाद चौधरी, सियारी गाउँपालिकाका अध्यक्ष अयोध्या थारु, उपाध्यक्ष अमृता गुरुङ लगायतको उपस्थिति रहने आयोजकले जनाएका छन् ।