२०८२, आश्विन २५ गते

Oct 11 2025 | २०८२, आश्विन २५ गते

रवि लामिछानेसँग १० घण्टा बयान, भोली फेरी लिइने

बुधवार , कार्तिक २८, २०८१

  • 967
    Shares
  • 967
    Shares
  • भैरहवा, २८ कार्तिक । बुटवलको सुप्रिम सहकारीको बचत अपचलन प्रकरणअन्तर्गत संगठित अपराधको अभियोगमा बयानका लागि रूपन्देहीको भैरहवा ल्याइएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको बुधबार दोस्रो दिन पनि जिल्ला सरकारी वकिल कार्यालय रूपन्देहीमा बयान लिइएको छ । 
     
    बिहान सवा १० बजेबाट लाछिानेको भैरहवास्थित जिल्ला सरकारी वकिल कार्यालयमा बयान लिइएको थियो । बयान साझ सवा ७ बजेसम्म १० घण्टा लगाएर लिइएको थियो । सरकारी न्यायधिवक्ता प्रेमराज पौडेलले बयान करिब करिब अन्तिममा पुगे पनि नसकिएको बताए ।
     
    बिहीबार बिहान १० बजेबाटै बयान पुनः सुरु हुने उनले जानकारी दिए । लामिछानेलाई कडा सुरक्षाकाबीचबीच जिल्ला पहरी कार्यालयमा लगिएको छ । बयान भोली पनि जारी रहने बताए ।  
    लामिछानेलाई बिहान १० प्रहरीको ठूलो घेराबाट सरकारी वकिल कार्यालय प्रवेश गराइएको थियो । मंगलबार बयानपछि कार्यालयबाट बाहिरिने क्रममा ‘खोरमा बाघलाई थुन्दैमा स्याल हुँदैन’ भन्ने प्रक्रिया दिएपछि प्रहरीले बुधबार उनलाई थप घेरा हालेर सरकारी वकिल कार्यालय प्रवेश गराएको हो ।
     
    बुधबार बिहान १०ः १० बजे सरकारी वकिलको कार्यालय रुपन्देही ल्याइएको थियो । लामिछानेले सञ्चारकर्मी देख्नासाथ बोल्न सक्ने भएकाले बुधबार दोस्रो दिनको बयानका लागि लैजाने क्रममा प्रहरीले घेरा हालेर प्रवेश गराएको हो । मंगलबार कास्कीबाट रुपन्देही ल्याइएका लामिछानेसँग मंगलबारदेखि नै बयान सुरु गरिएको थियो ।
     
    बुटवलस्थित सुप्रिम बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलनको अभियोगमा बयानमा लामिछानेले इन्कारी बयान दिएको बताइएको छ । लामिछानेले आफू सदस्य नै नरहेको सहकारीबाट आफ्नो नाममा ऋण प्रवाह भएको बताउँदै यसबारेमा कुनै जानकारी नरहेको बताएको स्रोतले बताएको छ ।