२०८२, आषाढ २८ गते

Jul 12 2025 | २०८२, आषाढ २८ गते

सहकारीपीडित र रास्वपाका नेता–कार्यकर्ताद्वारा भैरहवामा प्रदर्शन

मंगलवार , कार्तिक २७, २०८१

भैरहवा, २७ कार्तिक । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछानेलाई मंगलबार रुपन्देहीको भैरहवा ल्याएपछि आज सहकारीपीडित र रास्वपाका नेता कार्यकर्ताहरुले प्रदर्शन गरेका छन् । उनीहरुले भैरहवास्थित बुद्धचोक र जिल्ला सरकारी वकील कार्यालय रुपन्देही नजिकै प्रदर्शन गरेका छन् । सहकारी पीडितहरुले सहकारीपीडितलाई न्याय देउँ, जनताको पैसा फिर्ता गर, राजनीतिक संरक्षण बन्द गर लगायतका नारा लगाएका थिए ।

सहकारीपीडित संघर्ष समितिका अध्यक्ष विजय नेपालले सहकारीपीडितलाई न्याय दिनु नै राज्यको कर्तव्य भएको बताए । उनले सहकारी ठगीमा संलग्नलाई कारवाही गर्नुपर्ने माग गरे ।

त्यस्तै रास्वपा नेता कार्यकर्ता तथा शुभेच्छुकहरुले पनि बुद्धचोक र जिल्ला सरकारी वकील कार्यालय नजिकै प्रदर्शन गरेका छन् ।

IMG_4257.JPG

बिहान उनीहरुले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल गेट अगाडि प्रदर्शन गरेका थिए । प्रदर्शनमा सहभागीहरुले सत्य कहिल्यै ढल्दैन, तानाशाही अब चल्दैन, दोषी समाउ सरकार, दोषी चश्माले होइन, सहकारी पीडितलाई न्याय देउ लगायतका नारा लगाएका थिए । प्रदर्शनलाई मध्यनजर गर्दै भैरहवाको सुरक्षा व्यवस्था कडा बनाइएको छ ।

IMG_3754.JPG