२०८२, फाल्गुण १३ गते

Feb 25 2026 | २०८२, फाल्गुण १३ गते

खुला सीमाका कारण नेपालमा भारतबाट सबैभन्दा धेरै ड्रग्स आउँछः खेलकुदमन्त्री चौधरी

आइतवार , कार्तिक २५, २०८१

  • 754
    Shares
  • 754
    Shares
  • काठमाडौं, २५ कार्तिक ।युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले नेपालमा भारतबाट सबैभन्दा धेरै ड्रग्स आउने गरेको बताएका छन ।


    आईतवार काठमाडौंमा एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका  हुन । उनले नेपाल र भारतबीचको खुला सीमानाले पनि ड्रग्स सप्लाइ हुन सहज हुने गरेको बताए । उनले नेपालमा विद्यालयस्तरबाटै चुरोट सेवन गर्ने र युवाअवस्थामा ड्रग्स सेवन गर्ने क्रम बढ्दो रहेकाले नियन्त्रणको आवश्यकता रहेको बताए। उनले सरकारले नियन्त्रणका लागि विभिन्न ऐन, कानून निर्माण गरेको भएपनि चाहेको जति नियन्त्रण हुन नसकेको बताए ।

    उनले नेपालमा ड्रग्स उत्पादन गर्ने कुनै कम्पनी नभएपनि भारतबाट खुला सीमानाका कारण बढी ल्याइने गरेको बताए। दुई देशको बीचमा ड्रग्स नियन्त्रणमा कसरी काम गर्ने भन्नेबारेमा छलफल गर्न आफूहरु तयार रहेको बताए । 
    उनले भने, ‘नेपालमा ड्रग्सको विषयमा भन्नुपर्दा विद्यालयस्तरबाटै चुरोड बिँडीको लत विद्यार्थीले शुरु गर्दछन् । विद्यालयस्तरबाटै यहाँका विद्यार्थी विभिन्न कारणले चुरोट, बिँडी, कक्षा नौ वा १० कक्षाबाट नै खान शुरु गर्दछन् । अलि ठूलो भएपछि ड्रग्स खान शुरु गर्दछन् । भारतबाट वा अन्य तेस्रो मुलुकबाट ल्याएर खाने गर्दछन् ।

    जसकारणले युवाहरु अपाङ्ग भएका छन् । नेपाल सरकारले यसको नियन्त्रणमा विभिन्न ऐन, कानून बनाएको पनि छ । तर जति ड्रग्सको विषयमा विश्व चिन्तित छ, नेपालमा ड्रग्स उत्पादन गर्ने कुनै कम्पनी त छैन । तर ड्रग्स सप्लायर्स भारतबाट नै धेरै हुने गर्दछ । खुला सीमाका कारण वा अन्य कुनै कारण । खुला बोर्डर छ, गोजीमा राखेर पनि ल्याउँछ, यसको कुनै शंका उपशंका छैन । त्यसलै दुई देशको बीचमा ड्रग्स नियन्त्रणमा कसरी काम गर्ने भन्नेबारेमा छलफल गर्न नेपाल सरकार तयार छ ।’ मन्त्री चौधरीले नेपालमा ड्रग्सको समस्या धेरै नै नरहेकाले समस्या समाधानका लागि भारत सरकारसँग सहयोगको आग्रह गर्नुभयो ।