२०८२, भाद्र ११ गते

Aug 27 2025 | २०८२, भाद्र ११ गते

जसपा नेपालको अभियान र स्थानीय तहको निर्वाचन तयारी सँगसँगै भइरहेको छ : बस्नेत

शनिवार , कार्तिक २४, २०८१

  • 736
    Shares
  • 736
    Shares
  • काठमाडौं, २४ कार्तिक । जनता समाजवादी पार्टी (जसपा) नेपालका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले पार्टीको संगठन निर्माण अभियान र स्थानीय तहको उपनिर्वाचनको तयारी सँगसँगै भइरहेको बताएका छन् ।

    मंसिरमा हुन गइरहेको उपनिर्वाचनमा पार्टीले लगभग सबैजसो पदमा उम्मेदवारी दिने र मुख्य रुपमा मधेश, लुम्बिनी र कोशी प्रदेशमा पार्टी केन्द्रित हुने बस्नेतले बताए ।

    पार्टीका जिल्लास्तरीय विस्तारित बैठकहरु बसेर उम्मेदवार चयनको कार्य भइरहेको भन्दै उनले पार्टीका शीर्ष नेताहरु संगठन निर्माणको चारमहिने अभियानलाई सफल बनाउने र आगामी उपनिर्वाचनमा उपयुक्त उम्मेदवार चयन गर्ने कार्यमा खटिएको बताए ।

    पार्टीका नेता–कार्यकर्ताहरु भदौ महिनादेखि नै संगठन निर्माण अभियानमा निरन्तर सक्रिय भएर लागेको कारण उपनिर्वाचनमा पार्टीका उम्मेदवार जिताउन सजिलो हुने उनको दावी छ । जसपा नेपालको चारमहिने अभियान मंसिर मसान्तसम्म चल्नेछ ।