२०८२, श्रावण ७ गते

Jul 23 2025 | २०८२, श्रावण ७ गते

यस वर्षको ‘डिभी महिलाशक्ति सम्मान’ चार जनालाई 

मंगलवार , फाल्गुण २५, २०७७

काठमाडौं, २५ फागुन ।
शैक्षिक क्षेत्रमा अग्रणी भुमिका खेल्दै आएको डिभी एजुकेशन नेटवर्कले  अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसर पारेर उपलब्ध गराउँदै आएको ‘डिभी महिलाशक्ति सम्मान’ यस वर्ष कोभिड–१९ को महामारीको समयमा विभिन्न क्षेत्रमा रहेर योगदान पुर्याउने चार जना महिलालाई सम्मान गर्ने निर्णय गरेको छ ।

सम्मानित हुनेहरुमा सिनियर कन्सल्ट्याण्ट डा. रक्षा पाण्डेय, कान्तिपुर दैनिककी पत्रकार सञ्जु पौडेल, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुकी नर्सिङ सुपरभाइजर बेली पौड्याल र हाम्रो टिम नेपालकी कार्यकारी सदस्य कविता पौडेल छन् । 
संस्थाका अध्यक्ष विश्वनाथ प्रसाद शाहले महिला अधिकार र सशक्तिकरणलाई साझा मुद्दाको रुपमा हेर्नुपर्ने भन्दै सामाजिक रुपमा योगदान पुर्याएर र समाज परिवर्तनमा भूमिका खेल्दै गरेका महिलाहरुलाई प्रेरणा र सम्मान स्वरुप सम्मानको कार्यक्रमलाई निरन्तरता दिइएको बताए । डिभी एजुकेशनले गत वर्षदेखि यो सम्मानको कार्यक्रम ल्याएको हो ।

गत वर्ष संस्थाले सामाजिक रुपमा योगदान पुराएका पाँच जना महिलालाई सम्मान गर्ने निर्णय गरेको थियो । संस्थाले कोभिड–१९ को महामारीको कारण गत वर्ष पनि सम्मान कार्यक्रम स्थगित गरिएकोले गत वर्ष र यस वर्षको सम्मान एकै साथ विशेष कार्यक्रमको आयोजना गरेर सम्मान गर्ने बताए ।