२०८२, भाद्र ११ गते

Aug 27 2025 | २०८२, भाद्र ११ गते

एमाले सिद्धार्थनगरको दोस्रो अधिवेशन सुरु

सोमवार , कार्तिक १२, २०८१

  • 628
    Shares
  • 628
    Shares
  • भैरहवा, ११ कार्तिक । नेपाल कम्युनिष्ट पार्टी (एमाले) सिद्धार्थनगर नगर कमिटी, रुपन्देहीको दोस्रो नगर अधिवेशन सोमबार सुरु भएको छ । सिद्धार्थनगर नगरपालिका–१२ स्थित युनिक वैंक्वेटमा सुरु भएको अधिवेशनको पार्टीका केन्द्रीय सचिव, पूर्वमन्त्री तथा प्रतिनिधि सभा सदस्य छविलाल विश्वकर्माले उद्घाटन गरेका छन् ।

    अधिवेशनको उद्घाटन सत्रमा सचिव विश्वकर्मासहित एमाले पोलिटव्यूरो सदस्य तथा पूर्वमुख्यमन्त्री लिला गिरी, पोलिटव्यूरो सदस्य खिमलाल भट्टराई, दधिराम न्यौपाने, केन्द्रीय निर्वाचन आयोग सदस्य भरत कुमार पोखरेल, नेता गोपाल भट्टराई, लुम्बिनी प्रदेश कमिटी सदस्य हरि प्रसाद अधिकारी, रुपन्देही जिल्ला अध्यक्ष यज्ञ गैरे, निवर्तमान अध्यक्ष तेजेन्द्र के.सी., उपाध्यक्ष हितराज पन्थी, सचिव चित्र बहादुर कार्की, उपसचिव बाबुराम पन्थी लगायत नेताहरुको उपस्थिति छ ।

    IMG_3493.JPG

    एमाले सिद्धार्थनगरका अध्यक्ष चक्र बहादुर थापाका अनुसार अधिवेशन सफल पार्नका लागि ६ वटा समितिहरु गठन भएको छ । राजनीतिक, सांगठनिक, आर्थिक प्रतिवेदन लेखन नगर अध्यक्ष थापाको संयोजकत्वमा ५ सदस्यीय कमिटी गठन भएको छ ।  

    त्यस्तै नगर उपाध्यक्ष अर्जुन कुमार गिरीको संयोजकत्वमा आर्थिक समिति, उपसचिव कुमार गुरुङको संयोजकत्वमा मञ्च व्यवस्थापन समिति, प्रेस चौतारी नेपालका लुम्बिनी प्रदेश सदस्य शशि पन्थीको संयोजकत्वमा प्रचारप्रसार समिति, नगर उपसचिव माया कंडेलको संयोजकत्वमा प्रतिनिधि व्यवस्थापन समिति र नर्जुन गुरुङको संयोजकत्वमा स्वयंसेवक व्यवस्थापन समिति गठन भएको नगर अध्यक्ष थापाले जानकारी दिए । 

    प्रतिनिधि व्यवस्थापन समिति संयोजक माया कंडेलले नगर अधिवेशनका लागि १ सय ७० जना प्रतिनिधि चयन भएको बताइन । आयोजक नगर कमिटी ६५ जना र वडाबाट चुनिएका प्रतिनिधि १ सय ५ जना प्रतिनिधि गरी १ सय ७० जना प्रतिनिधि नगर अधिवेशनको दोस्रो सत्रमा भाग लिने उनले बताइन् ।