२०८२, माघ १ गते

Jan 15 2026 | २०८२, माघ १ गते

मनका स्वरहरु र बुद्धको देशमा पुस्तक परिचर्चा 

सोमवार , फाल्गुण २४, २०७७

  • 4.4K
    Shares
  • 4.4K
    Shares
  • भैरहवा, २४ फागुन । 
    भैरहवा बहुमुखी क्याम्पसमा स्रष्टाहरुले लेखेका कृतिहरुको चर्चा परिचर्चा भएको छ । भैरहवा बहुमुखी क्याम्पस नेपाली विभागको आयोजनामा विराटनगरका स्रष्टाहरु रामबाबु दाहालको मनका स्वरहरु र शिवनारायण सिंगलको बुद्धको देशमा बुद्ध कृतिको विभिन्न स्रष्टाहरुले चर्चा परिचर्चा गरेका छन् । 

    प्रा.डा. कपिलदेव लामिछानेले शिवनारायण सिंगलको बुद्धको देशमा बुद्ध कृतिको परिचर्चा गर्दै लेखकले बुद्धलाई अंगाडी सारेर नेपालीलाई सचेत बनाउन खोजेको देखिएको बताए । लेखकले ४२ सालदेखि लेखेका कविताहरु सिकारुखालका नभएको बताउँदै कविले निम्न वर्गका पीडाहरुलाई मसिनोरुपमा राखेर कविको शालीनता देखिएको बताए । 

    रामबाबु दाहालका मनका स्वरहरु कविता संग्रहको चर्चा गर्दै स्रष्टा कृष्ण प्रसाद बस्यालले मनका स्वरहरु भित्र समसामायिक समाज, दया, माया, प्रणय, प्रकृति प्रेम, भाव गाम्भिरयताका कुराहरु प्रकट भएको बताए । विराट साहित्य संगम प्रकाशक रहेको कृतिको कवितामा मिठास, गद्य लयमा रचिएका कवितामा आन्तरिक लय भएको बस्यालले बताए । 

    कार्यक्रममा कृति लेखक द्धय शिवनारायण सिंगल र राम बाबु दाहालले बुद्धको स्थलमा आएकोमा गर्व गर्दै खुशीले गद्गद् भएको बताए । भैरहवा बहुमुखी क्याम्पस नेपाली बिभागका विभागीय प्रमुख प्रा.डा. कपिलदेव लामिछानेको अध्यक्षतामा भएको कार्यक्रममा भैरहवा बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख अनिल कुमार झा, शिक्षाविद् बालकृष्ण भट्टराई, प्राज्ञ बूँद राना, आख्यानकारद्धय विजय सागर, रुद्र ज्ञवाली, स्रष्टाहरु हिरालाल धामी, नरेन्द्र भण्डारी, शिव कुमार मिश्रा, सन्ध्या खनाल लगायतले रचना प्रस्तुत गरेका थिए । नेपाली विभागका विभागीय सदस्य इन्द्र बहादुर विश्वकर्माको स्वागत मन्तब्य र सिद्धार्थ साहित्य परिषदका अध्यक्ष डिल्लीराज भट्टराईको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।