२०८३, बैशाख १४ गते

Apr 27 2026 | २०८३, बैशाख १४ गते

समाजवादी युवा संघ कपिलवस्तुको अध्यक्षमा बब्बु सिंह यादव

आइतवार , कार्तिक ११, २०८१

  • 877
    Shares
  • 877
    Shares
  • भैरहवा, ११ कार्तिक । जनता समाजवादी पार्टी (जसपा) नेपाल निकट समाजवादी युवा संघ नेपाल, कपिलवस्तु जिल्लाको तदर्थ कार्यसमिति पुर्नगठन गरिएको छ । शनिबार समाजवादी युवा संघ नेपाल कपिलवस्तुको जिल्ला भेला तथा पुर्नगठन कार्यक्रमबाट कार्यबाहक अध्यक्ष बब्बु सिंह यादवको अध्यक्षतामा २६ सदस्यीय जिल्ला समिति गठन गरिएको हो ।

    समितिको उपाध्यक्षमा जय प्रकाश सहानी, वरिष्ठ उपाध्यक्षमा अब्दुल सइद खान, सचिवमा राम वृक्ष यादव, सह–सचिवमा शत्रुधन खरविन्द र कोषाध्यक्षमा सविता गुप्ता चयन भएका छन। 

    त्यस्तै सदस्यहरुमा सुग्रीम यादव, महेश कुमार मुराउ, नरेश यादव, बलिराम यादव, मधुरा प्रसाद धोवी, राजेश यादव, उसमान खान, अनिल लाल यादव, विजय कुमार तेली (गुप्ता), राजेश माली, रीता कहार, परमात्मा यादव, बलिराम धोवी, रियाजुद्दीन खान, रोहित यादव, पर्शुराम यादव, कियामुद्दीन अन्सारी, जोगिन्द्र रविदास, मिथुन तेली, शिव कुमार यादव लगायत रहेका छन्। 

    कार्यक्रममा बोल्दै समाजवादी युवा संघ नेपाल कपिलवस्तु अध्यक्ष बब्बु सिंहले संगठनलाई सशक्त रुपमा अगाडि बढाउने बताए ।

    संघका कार्यबाहक अध्यक्ष बब्बु सिंह यादवको अध्यक्षताता, समाजवादी युवा संघका लुम्बिनी प्रदेशका अध्यक्ष विकास यादवको प्रमुख आतिथ्यता तथा साधिका यादवको विशिष्ट आतिथ्यतामा कार्यक्रम भएको थियो ।   

    सो अवसरमा बोल्दै प्रमुख अतिथि विकास यादवले जसपा नेपालले देश र जनताको पक्षमा काम गर्दै आएको बताए । उनले पार्टी र पार्टीको भातृ संगठनलाई अझ मजबुत बनाउनुपर्नेमा जोड दिए ।

    कार्यक्रममा जसपा नेपालका केन्दीय सदस्य राम नेवास यादव, साधिका यादव, जसपा नेपाल कपिलवस्तु जिल्ला अध्यक्ष शैलेन्द्र कुमार यादव लगायतले नवगठित तदर्थ समितिलाई सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए ।