२०८२, आश्विन २५ गते

Oct 11 2025 | २०८२, आश्विन २५ गते

प्रवर्धन सहकारीले सहकारी शिक्षा सञ्चालन गर्ने

शनिवार , कार्तिक १०, २०८१

  • 997
    Shares
  • 997
    Shares
  • भैरहवा, १० कार्तिक । रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–७ दिव्यपथस्थित प्रवर्धन बचत तथा ऋण सहकारी संस्था लि.ले आफ्ना सेयर सदस्यहरुका लागि सहकारी शिक्षा सञ्चालन गर्ने भएको छ । पछिल्लो समय सहकारीहरुमा समस्या देखिरहेका बेला त्यस्ता समस्या कसरी आउँछन् र ती समस्या आउन नदिने शेयर सदस्यहरुको भूमिका कस्तो रहन्छ भन्ने विषयमा शिक्षा सञ्चालन गर्न लागेको हो । 

    सहकारीको शनिवार भैरहवा सम्पन्न चौधौ साधारण सभाले सेयर सदस्यलाई सहकारी शिक्षा सञ्चालन गर्ने प्रस्ताव पारित समेत गरेको संस्थाका अध्यक्ष नारायण बहादुर कार्कीले जानकारी दिए । त्यस्तै संस्थाले यो वर्ष कर्मचारीलाई तालिम दिने, खर्च कटौती गर्ने, स्थापना दिवस मनाउने लगायतका प्रस्तावहरु पारित गरेको छ । 

    साधारण सभाले सचिव भोषराज बस्यालको वार्षिक प्रतिवेदन, कोषाध्यक्ष पम्फा भण्डारीको आर्थिक प्रतिवेदन र लेखा समिति संयोजक दिपेन्द्र पौडेलको लेखा परीक्षण प्रतिवेदनलाई समेत सर्वसम्मत पारित गरेको छ । 

    संस्थाका अध्यक्ष कार्कीको अध्यक्षता तथा संस्थापक अध्यक्ष दीपक क्षेत्री न्यौपानेको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा सिद्धार्थनगर वडा नम्वर ७ का वडाअध्यक्ष दामोदर सर्मा घिमीरे, सल्लाहकार गोविन्द प्रसाद बस्याल, संजीव शर्मा रेमी, निर्वतमान अध्यक्ष नारायण प्रसाद न्यौपाने, अडिटर एशोसिएसनका केन्द्रीय सल्लाहकार गोविन्द प्रसाद रेग्मी, शेयर सदस्यहरु कविता न्यौपाने, तिलकराम ज्ञवाली लगायतले बोलेका थिए । सो अवसरमा कर्मचारीहरु कविता क्षेत्री, एलिजा पौडेल र रामबहादुर ठकुरीलाई नगदसहित सम्मान गरिएको थियो ।