२०८२, भाद्र १० गते

Aug 26 2025 | २०८२, भाद्र १० गते

सिद्धार्थनगरमा एकीकृत समाजवादीबाट वडाअध्यक्षका दुई उम्मेदवार कांग्रेसमा प्रवेश

शनिवार , कार्तिक १०, २०८१

  • 1.7K
    Shares
  • 1.7K
    Shares
  • भैरहवा, १० कार्तिक । २०७९ सालमा सम्पन्न स्थानीय तहको निर्वाचनमा रुपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा नम्बर २ र १३ मा वडाअध्यक्ष पदको उम्मेदवारहरु नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।

    वडा नम्बर २ मा वडाअध्यक्षको उम्मेदवार बनेका सुनिल कुमार पुन र १३ मा उम्मेदवार बनेका नितेश जालन्धर कांग्रेसमा प्रवेश गरेका हुन् ।

    पुन ७ मतले पराजित भएका थिए । जालन्धरले चौथो स्थान प्राप्त गरेका थिए । २०७४ सालमा नेकपा (माओवादी केन्द्र) बाट वडाअध्यक्षको उम्मेदवार बनेका पुन झिनो मतले पराजित भएका थिए ।

    IMG_3146.JPG

    कांग्रेस नगर समिति सिद्धार्थनगर, रुपन्देहीले शनिबार भैरहवामा आयोजना गरेको नगर क्रियाशील भेला तथा दशैं, तिहार, छठ, नेपाल सम्वतको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रममा उनीहरु कांग्रेसमा प्रवेश गरेका हुन् । उनीहरुलाई कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्व गृहमन्त्री बालकृष्ण खाणले पार्टीमा स्वागत गरेका हुन् । 

    IMG_3164.JPG