images

बुधवार, बैशाख १९ गते २०८१

बीमाको रकम पाउने लोभमा श्रीमतीको हत्या

बीमाको रकम पाउने लोभमा श्रीमतीको हत्या

images
images
images
आइतवार, फाल्गुण २३ २०७७
आइतवार, फाल्गुण २३ २०७७
  • बीमाको रकम पाउने लोभमा श्रीमतीको हत्या

    भैरहवा, २३ फागुन।

    images
    images
    images

    रुपन्देहीमा बीमाको रकम पाउने लोभमा श्रीमान देवर मिलेर एक महिलाको हत्या गरेका छन्। जिल्लाको सम्मरीमाई गाउँपालिका वडा नम्बर ५ की कुशुम लोधलाई उनकै श्रीमान र देवर मिलेर हत्या गरेको प्रहरीले जानकारी दिएको छ। 

    बीमाको रकम कुम्ल्याउने लोभमा लोधका पति शैलेस कुमार लोध र देवर राजेश कुमार लोध मिलेर हत्या गरेको उल्लेख गरेको छ। हत्याको आंशकामा प्रहरीले उनीहरुलाई पक्राउ गरेपछि यो रहष्य खुलेको हो। 

    घरायसी झै-झगडा र श्रीमतीको बीमा सम्बन्धि विषयका कारण कुशुमको हत्या उनकै पति शैलैस र देवर राजेशले हत्या गरेको खुलेको हो। 

    कुशुमको दुई ठाउँमा बीमा गरिएको र श्रीमतीको मृत्यु भएको अवस्थामा बैंकमा रहेको ऋण पनि छुट हुन्छ भन्ने अभिप्रायले हत्या गरेको अनुसन्धानको क्रममा पाइएको प्रहरीले जनाएको छ। 

    हत्याको घटनामा पक्राउ परेका दुवैजनाले घटना स्वीकार गरेको र थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ। शैलेष र उनका भाइ राजेश अहिले इप्रका लुम्बिनीको हिरासतमा छन्।

    गत फागुन १५ गते इलाका प्रहरी कार्यालय लुम्बिनीबाट खटिएको गस्ती टोलीले कोटहीमाई गाउँपालिका–१ पतिजिया सिपवास्थित झुलनीपुरदेखि मर्चवार जाने कच्ची सडकखण्डमा महिलालाई शक्त घाइते र बोल्न नसक्ने अवस्था फेला पारेको थियो। 

    जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) प्रवीण पोखरेलका अनुसार सोही स्थानमै कुशुमको पति शैलेश, उनको मोटरसाइकल र २ वर्षिय छोरासंगै रहेका थिए। लु २ च १५१७ नम्बरको पीकअप गाडीमा ४ जना सवार रहेको र गाडीले पटकपटक ब्याक समेत गरी ठक्कर दिएर मंगलसुत्र खोसेर लगेको र उनलाई पेस्तोल ताकेको कुरा शैलेसले प्रहरीलाई बयानमा बताएको उनले बताए।   

    शैलेसका अनुसार लु ७० प ५५९० नम्बरको मोटरसाइकलमा २ जना व्यक्ति रहेका थिए। हत्यामा संलग्न रहेको आरोपमा पक्राउ परेका शैलेशले फागुन १६ गते इलाका प्रहरी कार्यालय लुम्बिनीमा जाहेरी दरखास्त दिएको र उक्त जोहरीमा हतियार देखाइ लुटपाट गरी हत्या गरेको व्यहोरा उल्लेख गरेको एसपी पोखरेलले बताए।

    ‘अनुसन्धानको प्रारम्भिक चरणमा सवारीसाधन र चालकलाई नियन्त्रणमा लिएको थियौं, चालकसंग सोधपुछ तथा सवारीसाधनको परीक्षण समेत गरिएको थियो, तर सवारीसाधन र चालक उल्लेखित घटनास्थलमा पुगेको पुष्ट्याई भएन,’ प्रहरी उपरीक्षक पोखरेलले भने।

    अनुसन्धानको दोस्रो चरण अन्तर्गत शैलेष र उनको घरपरिवारप्रति नियमित निगरानी, शैलेषको शंकाष्पद व्यवहार, प्राविधिक विश्लेषण र जैविक परीक्षण गरिएको प्रहरीले जनाएको छ। 

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij