
आइतवार , फाल्गुण २३, २०७७
भैरहवा, २३ फागुन ।
लियो क्लब अफ सिद्धार्थनगर युथको आयोजनामा एकदिने निःशुल्क मधुमेह परीक्षण तथा स्वास्थ्य शिविर कार्यक्रम सम्पन्न भएको छ । हेलो फार्मेसी मायादेवी–७ हाटीबनगाईको सहयोगमा सिद्धार्थ बाल निकेतन केदार पाण्डे माध्यमिक विद्यालयको परिसरमा भएको शिविरमा ७७५ जनाको स्वास्थ्य परीक्षण गरिएको क्लबका अध्यक्ष विकास यादवले बताए । स्वास्थ्य उपचारमा पहुँच पुग्न नसकेका नागरिकलाई मध्यनजर गर्दै शिविरको आयोजना गरिएको यादवले बताए ।
शिविरको उद्घाटन गर्दै लुम्बिनी ईट्टा उद्योग व्यवसायी संघ रुपन्देहीका महासचिव तथा नेपाल भारत अवध मैत्री समाजका अध्यक्ष अजय कुमार गुप्ताले क्लबले गाउँपालिका क्षेत्रमा शिविरको आयोजना गर्ने कार्य प्रशसंनीय रहेको बताए ।
कार्यक्रममा मायादेवी–७ का वडाअध्यक्ष रमाशंकर यादव, लियो क्लब अफ सिद्धार्थनगर युथका संस्थापक अध्यक्ष एवं सिद्धार्थ बाल निकेतन केदार पाण्डे माध्यमिक विद्यालयका प्रधानाध्यापक रविकान्त उपाध्याय, हेलो फार्मेसीका प्रोप्राइटर मनोज बनिया, लायन्स क्लब अफ सिद्धार्थनगर युथका अध्यक्ष असिम सैंजु, द्वितीय उपाध्यक्ष अनित कुमार गुप्ता, सचिव सन्दिपनाथ गोंगल, राजनीतिज्ञ हरिश्चन्द्र सिंह लगायतले बोलेका थिए ।
क्लबका अध्यक्ष विकास यादवको अध्यक्षता, कार्यक्रम संयोजक केशव राज पालको स्वागत तथा सचिव शिव कुमार मौर्यको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij