२०८३, बैशाख ७ गते

Apr 20 2026 | २०८३, बैशाख ७ गते

युसीएमएस नजिकै सञ्चालनमा आयो ‘न्यू युनिक मोबाइल सर्भिस सेन्टर’

सोमवार , आश्विन २१, २०८१

  • 4.1K
    Shares
  • 4.1K
    Shares
  • भैरहवा, २१ असोज ।  रुपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा नम्बर ३ मा ‘न्यू युनिक मोबाइल सर्भिस सेन्टर’ सञ्चालनमा आएको छ । युनिभर्सल कलेज अफ मेडिकल साईन्सेज शिक्षण अस्पताल (युसीएमएस) नजिकै सञ्चालनमा आएको न्यू युनिक मोबाइलको सोमबार सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीका अध्यक्ष ठाकुर कुमार श्रेष्ठले उद्घाटन गरे । 

    १५ लाखको लगानीमा व्यवसायिक प्रतिष्ठान सञ्चालनमा ल्याइएको न्यू युनिक मोबाइलका सञ्चालक नसिम अन्सारीले बताए । ‘हामीकहाँ सम्पूर्ण ब्राण्डका मोबाइल विक्री, अनलक रिपेयर हुन्छ । मोबाइलको हार्डवेयर र सफ्टवेयरसम्बन्धि सम्पूर्ण समस्याको समाधान हुन्छ,’ अन्सारीले भने ।

    सो अवसरमा युवा समाजसेवी तथा नेपाल वैश्य युवा संघ लुम्बिनी प्रदेशका संयोजक अमित कुमार गुप्ता, सिद्धार्थ उद्योग वाणिज्य संघका सह–कोषाध्यक्ष संजय बेरिवाल, कार्यसमिति सदस्य कैलाश गुप्ता, युवा समाजसेवी अमर गुप्ता, आईसीएफसी फाइनान्स लुम्बिनी प्रदेश प्रमुख अमृत शर्मा, लगायतको उपस्थिति रहेको थियो ।

    IMG_1876.JPG