२०८२, भाद्र ११ गते

Aug 27 2025 | २०८२, भाद्र ११ गते

तिलोत्तमा व्यापार संघले मंसिरमा व्यापार महोत्सव गर्ने

शुक्रवार , आश्विन १८, २०८१

  • 487
    Shares
  • 487
    Shares
  • बुटवल, १८ असोज । तिलोत्तमा व्यापार संघको आयोजनामा आगामी मंसिर ६ गतेदेखि मणिग्राममा तिलोत्तमा व्यापार महोत्सव एवं कृषि तथा पर्यटन महोत्सव हुने भएको छ ।
    ‘व्यावसायिक दक्षता अभिवृद्धि र स्वरोजगारः सुदृढ आर्थिक विकासका निम्ति व्यापार विस्तार’ भन्ने मूल नाराका साथ आगामी मंसिर ६ गते देखि १८ गतेसम्म तिलोत्तमा व्यापार तिलोत्तमा व्यापार महोत्सव–२०८१ एवं कृषि तथा पर्यटन महोत्सव हुने भएको छ । संघले शुक्रबार तिलोत्तमामा पत्रकार सम्मेलन गरी महोत्सवबारे जानकारी गराएको हो ।

    संघका संस्थापक अध्यक्ष जे.पी. कंडेलले तिलोत्तमा क्षेत्रको समग्र आर्थिक तथा सामाजिक उत्थानका लागि उद्योग, व्यापार, शिक्षा, स्वास्थ्य, कृषि, पशुपंक्षी र पर्यटन क्षेत्रको प्रवद्र्धनमा टेवा पु¥याउने मेलाको दीर्घकालीन लक्ष्य रहेको बताए । उनका अनुसार मेलामा मध्यकालीन लक्ष्यमा आन्तरिक बजार सबलीकरणका लागि व्यवसायिक उत्थान तथा निकासीयोग्य वस्तुको पहिचानमा जोड दिइनेछ । त्यस्तै महोत्सवमा १० करोड बराबरको कारोबार तथा २ लाख दर्शक भित्र्याई स्थानीय आर्थिक विकासमा तीव्रता ल्याउने अपेक्षा गरिएको कडेलले जानकारी दिए ।

    तिलोत्तमा व्यापार संघका निर्वतमान अध्यक्ष बाबुलाल भुसालले व्यापारलाई विस्तार, प्रवद्र्धन, आधुनिकीकरण, विशिष्टीकरण गर्ने र व्यवसायीहरूको हकहितको रक्षाका लागि सक्षम, सुदृढ, स्वच्छ प्रतिष्पर्धी व्यवसायीहरूको आस्था र भरोसाको केन्द्रका रूपमा यस तिलोत्तमा व्यापार संघको २०७१ साल भदौ ३१ गते विधिवत स्थापना गरिएको जानकारी दिए । तिलोत्तमा नगरपालिकाभित्र व्यावसायिक विधि र प्रक्रियाको प्रणाली बसाल्नका लागि र प्रभावकारिता स्थापित गर्ने क्रममा होस् या नगरबासीहरूसँगको कुनै अप्ठ्यारो परिस्थितिमा समेत यस संघले निरन्तर सहयोग गर्दै आइरहेको निर्वतमान अध्यक्ष भुसालको भनाइ छ ।

    मंसिर ६ देखि आयोजना हुने व्यापार मेलामा यस क्षेत्रमा राष्ट्रियस्तरको व्यापार केन्द्रको विकास गर्ने, युवाहरुको विदेश पलायनलाई निरुत्साहित गर्दै सीपमूलक तालिमबाट स्वरोजगारको सृजना गर्ने, लक्ष्य लिएको संघका अध्यक्ष नेत्र प्रसाद न्यौपानेले जानकारी दिए । विभिन्न वस्तु तथा सेवाहरुको एकै स्थलमा प्रर्दशनी गरी ग्राहकसँग प्रत्यक्ष अन्तरक्रिया गर्ने, निकासीयोग्य वस्तुको पहिचान एवं बजार प्रवद्र्धनमा सहयोग पु्र्याउने, वैदेशिक लगानीका सम्भावना पहिचान गरी त्यसका लागि आवश्यक वातावरणको निर्माण गर्ने समेत लक्ष्य मेलाले लिएको छ ।

    स्थानीय वस्तु तथा सेवाको बजार प्रवद्र्धन गर्ने एवं उद्यमी व्यवसायीहरुलाई प्रोत्साहन गर्ने, स्थानीय उत्पादनमा गुणात्मक सुधार गरी अन्तर्राष्ट्रिय बजारमा प्रतिष्पर्धी बनाउन सहयोग गर्ने, कृषिजन्य उत्पादनको बजार प्रवद्र्धन गर्ने, तिलोत्तमा आसपासका अन्य पर्यटकीय स्थलहरुको पहिचान गरी विकासमा सहयोग प¥ुयाउने महोत्सवको उद्देश्य रहेको छ ।

    त्यस्तै देश–विदेशका व्यवसायीहरुसँग अनुभव आदान–प्रदानको अवसर प्रदान गर्ने, उत्पादक र उपभोक्ताबीच सुमधुर सम्बन्ध अभिवृद्धि गर्ने, लोक संस्कृतिलाई अन्तर्राष्ट्रिय पहिचान दिलाउने, कृषि पेशालाई व्यवसायिक रुपमा उन्मुख गराउन सहयोग गर्ने, अत्याधुनिक प्रविधि, उपकरण एवं मेसिनका बारेमा जानकारी गराउने, बजार अनुसन्धान एवं नयाँ वस्तु विकासका अवसर सृजना गर्ने, व्यावसायिक चेतना अभिवृद्धि गर्ने, सूचना प्रविधिसम्बन्धि जानकारी गराउने, पर्यटन, शिक्षा र स्वास्थ्य क्षेत्रमा अवसरको खोजी गर्ने समेत उद्देश्य मेलाको रहेको अध्यक्ष न्यौपानेको भनाइ छ ।

    महोत्सवमा जनचेतना ¥याली आयोजना, गोष्ठी, कार्यशाला र अन्तरक्रियाको आयोजना, सूचना केन्द्रको सञ्चालन, महोत्सव गतिविधि छायांकन, प्रसारण र वृत्तचित्र प्रदर्शन, साँस्कृतिक कार्यक्रम र खेलकुद सञ्चालन गरिने समेत योजना रहेको जानाइएको छ ।