२०८२, भाद्र ११ गते

Aug 27 2025 | २०८२, भाद्र ११ गते

आईसीएफसी फाइनान्स बुटवल शाखाद्वारा वित्तीय साक्षरता कार्यक्रम

बुधवार , आश्विन १६, २०८१

  • 1.5K
    Shares
  • 1.5K
    Shares
  • बुटवल, १६ असोज । आईसीएफसी फाइनान्स लिमिटेड, बुटवल शाखाले बुधबार वित्तीय साक्षरता कार्यक्रम गरेको छ । स्थानीय समुदायमा वित्तीय साक्षरता अभिवृद्धि गर्न कार्यक्रम सम्पन्न गरिएको आईसीएफसीले जनाएको छ । नागरिकलाई वित्तीय ज्ञान प्रदान गर्दै उनीहरूको बचत, लगानी तथा ऋण व्यवस्थापनको बुझाइलाई थप सुधार गर्ने उद्देश्यले कार्यक्रम गरिएको बुटवल शाखाका प्रमुख विशाल बस्नेतले बताए ।

    उक्त कार्यक्रममा स्थानीय व्यवसायी, विद्यार्थी, गृहिणी तथा सर्वसाधारणहरुको सहभागीता रहेको बस्नेतले जानकारी दिए । कार्यक्रमबाट वित्तीय साक्षरता समकालीन समयमा कति महत्वपूर्ण छ भन्ने विषयमा सर्वसाधारणहरुलाई जानकारी गराउने प्रयत्न गरिएको उनले बताए ।

    बस्नेतका अनुसार कार्यक्रममा व्यवसायी, विद्यार्थी, गृहिणी तथा सर्वसाधारणहरुलाई बैंकिङ्ग प्रणाली, डिजिटल भुक्तानी, बचतको महत्व, तथा ऋण लिने र तिर्ने प्रक्रियामा ध्यान दिनुपर्ने कुराबारे जानकारी दिइएको थियो ।

    कार्यक्रममा आईसीएफसी फाइनान्स लिमिटेड, बुटवल शाखाका शाखाका कर्मचारीहरु विकास ज्ञवाली, निरज प्रसाद पन्त, रमा आचार्य, प्रविना पाठक लगायतको उपस्थिति थियो ।
    आईसीएफसी फाइनान्स लिमिटेडले यस्ता कार्यक्रमहरू आगामी दिनमा पनि निरन्तर सञ्चालन गर्ने जनाएको छ ।