
आइतवार , फाल्गुण २३, २०७७
बुटवल, २३ फागुन ।
सामाजिक कार्यमा अग्रसर बिस पचहत्तर युवा परिवारले शनिबार बृहत रक्तदान गरेको छ । एक कार्यक्रमकाबीच बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीले उद्घाटन गर्दै युवाहरुको अग्रसरतामा देश विकासमा हुने दावी गरे । देशको राजनीतिक व्यवस्था परिवर्तनमा योगदान दिएका युवाहरु अब विकासमा लाग्न उनले सुझाव दिए । प्रतिभा अनुसार ईलम सिक्ने र सिकाउने अभियान स्थानिय सरकार लागेको भन्दै उनले यो अवसरलाई उपयोग गर्न सबै युवाहरुलाई सुझाव दिए ।
परिवारका अध्यक्ष सुरेन्द्र थापाले सामाजिक कार्यको लक्ष्यसहित ३ वर्ष अघि स्थापना गरेर विविध काम गर्दै आएको बताए । दिपनगरका केही युवाहरुबाट सुरु गरेको परिवारमा अहिले धेरै युवाहरु एकतावद्घ भइ निरन्तर अगाडि बढेको उनले बताए । वर्षभरी नै रक्तदान, विपन्न, अपाङका साथै बाढीपिडितहरुलाई राहत वितरण गर्ने काम समेत गरेको उनले बताए ।
कार्यक्रममा वडा नम्बर ७ का वडाअध्यक्ष कमलप्रताप थापा, नवीन थापा, स्थानीय कल्पना थापा, भक्त बहादुर गलामी, सौभाग्य युवा क्लबका अध्यक्ष दिपक गुरुङले युवालाई राजनीतिक परिवर्तनमा प्रयोगसंग अब विकासमा लगाउन सरकारबाट योजना आएको भन्दै यसमा अग्रसर हुन सुझाव दिए । नेपाल रक्तसंचार केन्द्रको प्राविधिक सहयोगमा भएको रक्तदानमा ५४ युनिट रगत संकलन भएको संयोजक विजय गुरुङले बताए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij