images
images

शुक्रवार, जेठ ४ गते २०८१

रुपन्देहीमा कोभिड–१९ विरुद्धको खोप लगाउन ८३ खोप केन्द्र 

रुपन्देहीमा कोभिड–१९ विरुद्धको खोप लगाउन ८३ खोप केन्द्र 

images
images
images
आइतवार, फाल्गुण २३ २०७७
आइतवार, फाल्गुण २३ २०७७
  • रुपन्देहीमा कोभिड–१९ विरुद्धको खोप लगाउन ८३ खोप केन्द्र 

    भैरहवा, २३ फागुन ।
    कोरोना भाइरस (कोभिड–१९) विरुद्धको दोस्रो चरणको खोप लगाउन रुपन्देही जिल्लामा ८३ वटा खोप केन्द्र (वडास्थित स्वास्थ्य संस्था) तोकिएका छन् । पहिलो समुह अन्तर्गत जिल्लाका ८ स्थानीय तहमा फागुन २३ देखि २५ गतेसम्म र बाँकी ८ स्थानीय तहमा चैत १ देखि ३ गतेसम्म खोप कार्यक्रम सञ्चालन गरिने स्वास्थ्य कार्यालय रुपन्देहीले जनाएको छ ।

    images
    images
    images

    पहिलो चरणमा ६५ वर्षमाथिको नागरिक र खोप उपलब्धताको आधारमा ५५ वर्षमाथिको नागरिकलाई क्रमश खोप दिने स्वास्थ्य कार्यालय रुपन्देहीका प्रमुख डा. राजेन्द्र कुमार गिरीले बताए । ६५ वर्षमाथिका ५२ हजार ६ सय ८७ र ५५ वर्षमाथिका १ लाख १० हजार ८ सय १५ जनालाई खोप लगाउने लक्ष्य रहेको डा. गिरीले जानकारी दिए । खोप कार्यक्रममा २५८ जना स्वास्थ्यकर्मी र २४६ जना स्वयंसेवकहरु संलग्न हुने उनले बताए ।

    खोप पश्चात हुन सक्ने अवान्छित घटना व्यवस्थापनको लागि रुपन्देहीको १६ वटै स्थानीय तहमा चिकित्सकसहितको खोप पश्चात हुने अवान्छित घटना (एइएफआइ) टिम एवं रेफरल टिमको व्यवस्था गरिएको उनले बताए । 

    पहिलो चरणमा पहिलो प्राथमिकता र दोस्रो प्राथमिकतामा परेका कोभिड–१९ विरुद्धको पहिलो मात्रा प्राप्त गरेका सबैलाई १० देखि १२ हप्ताको फरक पारी २०७८ वैशाख ७ देखि १५ गतेसम्म १४ हजार २ सय ९७ जनालाई दोस्रो मात्रा दिइने स्वास्थ्य कार्यालयले जनाएको छ । यस अभियानमा पहिलो मात्रामा खोप लिएकोहरुले २०७८ जेठ ९ गतेदेखि खोप प्राप्त गर्ने कार्यालयको भनाइ छ । 

    यसैबीच दोस्रो चरणको खोप कार्यक्रम सञ्चालन पूर्व स्वास्थ्य कार्यालयले जिल्ला कोभिड–१९ खोप समन्वय तथा अनुगमन समितिका पदाधिकारी तथा सञ्चारकर्मीहरुबीच अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।

    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij