images
images

शुक्रवार, जेठ ४ गते २०८१

भानु मा.वि.मा क्रिकेट क्लब

भानु मा.वि.मा क्रिकेट क्लब

images
images
images
आइतवार, फाल्गुण २३ २०७७
आइतवार, फाल्गुण २३ २०७७
  • भानु मा.वि.मा क्रिकेट क्लब


    भैरहवा, २३ फागुन  । 
    रुपन्देहीको सिद्धार्थनगर वडा नम्बर ९ मा अवस्थित भानु माध्यमिक विद्यालयमा क्रिकेट क्लब गठन भएको छ । बलियो नेपाल न्युट्रिशन इनिसिएटिभ चौधरी ग्रुपद्वारा आयोजित पोषण कार्यक्रममा विद्यालयभित्र रहेका विद्यार्थीहरुको क्रिकेट प्रतिभा प्रस्फुटनका लागि नन्दलाल केवटको नेतृत्वमा १५ सदस्यीय क्रिकेट क्लब गठन भएको हो । 
    जसको भाइस क्याप्टनमा महिमा परियार, सदस्यहरुमा संजय कोहार, मुकेश गुप्ता, सम्झना थारु, नेहा खान, ममता बरई, विशाल चौधरी, रुपेश यादव, अजित मल्लाह, विवेक चौधरी, राहुल यादव, अमित थारु, संजय कुर्मी र सचिन केवट रहेका छन् ।

    कार्यक्रममा बोल्दै विद्यालयका प्रध्यानाध्यापक मोतीलाल सुवेदीले खेलकुदले विद्यार्थीहरुलाई फुर्तिलो तथा निरोगी बनाउनुका साथै अनुशासित र समूहमा मिलेर काम गर्न सक्ने सक्षम बनाउने बताए । उनले खेलकुदले मान्छे मान्छेबिच सामूहिक भावनाको विकास गराउनुका साथै आपसी प्रतिष्पर्धात्मक क्षमता अभिवृद्धि गराउने बताए । यसैबीच बलियो नेपाल न्युट्रिशन इनिसिएटिभ चौधरी ग्रुपले विद्यालयमा क्रिकेट खेल सामग्री प्रदान गरेको छ ।

    images
    images
    images

    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij