२०८२, आषाढ २८ गते

Jul 12 2025 | २०८२, आषाढ २८ गते

अमेरिकामा प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री मोदीबीच भेट

सोमवार , आश्विन ७, २०८१

काठमाडौं,  ७ असोज । प्रधानमन्त्री केपी शर्मा ओेली र छिमेकी भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच द्विपक्षीय भेटवार्ता भएको छ । 

संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिन नेपाली प्रतिधिमण्डलको नेतृत्व गर्दै संयुक्त राज्य अमेरिकाको न्युयोर्कमा रहनुभएका प्रधानमन्त्री ओेली र छिमेकी भारतका प्रधानमन्त्री मोदीबीच न्युयोर्क प्यालेस होटलमा भेटवार्ता भएको हो । दुवै मुलुकका विदेशमन्त्री र अन्य अधिकारी सहभागी रहेका थिए । भेटपछि संक्षिप्त प्रतिक्रिया दिँदै प्रधानमन्त्री ओलीले भेटवार्ता राम्रो भएको बताएका छन । 

त्यस्तै भेटमा सहभागी परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले भेटवार्ता सौहार्दपूर्ण भएको र भारतीय प्रधानमन्त्री मोदीले चाँडै नेपालको भ्रमण गर्ने जानकारी दिइन् ।त्यस्तै प्रधानमन्त्री केपी शर्मा ओेली र भूटानका प्रधानमन्त्री दासो छिरिङ तोग्बे तथा कुवेतका राजकुमार एवं प्रधानमन्त्री शेख सबाह अल खलेद अल हमाद अल मुबारक अल सबाहबीच पनि भेटवार्ता भएको थियो ।