images

मंगलवार, बैशाख १८ गते २०८१

कोभिड–१९ को परिस्थितिमा सामाजिक सेवामा लाग्ने भण्डारी सम्मानित

कोभिड–१९ को परिस्थितिमा सामाजिक सेवामा लाग्ने भण्डारी सम्मानित

images
images
images
शुक्रवार, फाल्गुण २१ २०७७
शुक्रवार, फाल्गुण २१ २०७७
  • कोभिड–१९ को परिस्थितिमा सामाजिक सेवामा लाग्ने भण्डारी सम्मानित

    भैरहवा, २१ फागुन । 
    सिद्धार्थ उद्योग वाणिज्य संघ रुपन्देहीका कार्यसमिति सदस्य मंगल भण्डारी सम्मानित भएका छन् । विश्वव्यापी रुपमा फैलिएको कोभिड–१९ को कठिन परिस्थितिमा पनि आफ्नो व्यक्तिगत स्वास्थ्यलाई भन्दा पनि समाजमा व्यापक रुपमा फैलिएको कोरोनाबाट संक्रमितहरुको उद्दारमा निरन्तर खटेको भन्दै भण्डारीलाई सम्मान गरिएको हो ।

    images

    सिद्धार्थ उद्योग वाणिज्य संघको ६२ औं वार्षिक साधारणसभा तथा अधिवेशनमा शुत्र,बा उनलाई दोसल्ला ओढाएर सम्मानपत्रद्वारा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सम्मान गरे । 

    कोरोना संक्रमितहरुको जीवन रक्षा गर्दै समाजको हितमा निर्वाह गरेको विशेष भूमिकाले संघको समेत गरिमा उच्च राख्न भण्डारी सफल हुनुभएको संघका अध्यक्ष कुल प्रसाद न्यौपानेले बताए । भण्डारी सामाजिक क्षेत्रमा आबद्ध भइ दत्त चित्त रुपमा लाग्नुभएको संघका महासचिव नेत्र प्रसाद आचार्यले बताए ।

    भण्डारी जेसीआई सिद्धार्थ, नेपालका निवर्तमान अध्यक्ष समेत हुन् । उनले कोभिड–१९ को समयमा कोरोना संक्रमित विरामीलाई आफ्नै सवारीसाधनमा राखेर अस्पताल पुर्याउँदै आएका थिए । कोरोनाको त्रासको बेला आफ्नै नीजि गाडीमा राखेर अस्पतालसम्म पुर्याएको भन्दै भण्डारीको प्रशंसा हुँदै आएको छ । भण्डारीको गाडीलाई ‘कोभिड एम्बुलेन्स’ नाम दिइएको थियो ।

    भण्डारीले संघको ६२ औं वार्षिक साधारणसभा तथा अधिवेशनमा उद्योगतर्फको कार्यसमिति सदस्य पदमा उम्मेदवारी दिएका छन् ।

    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij