२०८३, बैशाख ५ गते

Apr 18 2026 | २०८३, बैशाख ५ गते

खबरपात्रो डटकमका प्रधान सम्पादक घिमिरे सिद्धार्थ औद्योगिक पत्रकारिता पुरस्कारबाट सम्मानीत 

शुक्रवार , फाल्गुण २१, २०७७

  • 6.5K
    Shares
  • 6.5K
    Shares
  • भैरहवा। सिद्धार्थ उद्योग बाणिज्य संघ भैरहवाले स्थापना गरेको औद्योगिक पत्रकारिता पुरस्कारबाट खबरपात्रो डटकमका प्रधानसम्पादक दीपक घिमिरे सम्मानीत भएका छन्। 

    पत्रकारिकताका माध्यमबाट भैरहवा क्षेत्रको औद्योगिक तथा व्यवसायिक क्षेत्रको बिकास गरेको भन्दै संघले सम्मानीत गरेको हो। 
    रुपन्देहीको औद्योगिक तथा व्यवसायिक क्षेत्रमा देखिएका समस्या तथा उद्यागी एवम् व्यवसायिले भोगेका पिडालाई निरन्तर रुपमा सञ्चार माध्ययमबाट उठाउदै आएका छन्।  

    सिद्धार्थ उद्योग बाणिज्य संघको ६२ औं साधारण सभा तथा अबिधेशनमा अर्थमन्त्री बिष्णु पौडेलले प्रधानसम्पादक घिमिरेलाई नगद र दोसल्ला सहित सम्मान पत्रले सम्मान गरेका हुन्। 

    बिगत १५ बर्ष देखि रुपन्देहीलाई पत्रकारिताको कार्यथलो बनाएका घिमिरे खबरपात्रो सहित उकेरा डटकम र ईमेज टिलिभिजनका लुम्बिनी प्रदेश प्रतिनिधि हुन् । 

    त्यस्तै एपिवान टेलिभिजनका लुम्बिनी प्रदेश व्युरो प्रमुख राधेश्याम बिश्वकर्मालाई पनि औद्योगिक पत्रकारिताबाट सम्मानीत गरिएको छ। बिश्वकर्मालाई पनि अर्थ मन्त्री पौडेलले नगद, दोसल्ला र सम्मान पत्रले सम्मान गरेका हुन्। 

    radhe jee.jpg