२०८३, बैशाख ७ गते

Apr 20 2026 | २०८३, बैशाख ७ गते

भैरहवामा नेपाल एसबिआई बैंक लिमिटेडको शाखा स्थानान्तरण

मंगलवार , भाद्र २५, २०८१

  • 1.2K
    Shares
  • 1.2K
    Shares
  • भैरहवा, २५ भदौ ।
    नेपाल एसबिआई बैंक लिमिटेडले रुपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा नम्बर ५ बैंकरोडस्थित शाखा कार्यालय सिद्धार्थनगर–८ स्थित नारायणपथमा स्थानान्तरण गरी नयाँ परिसरबाट सेवा शुभारम्भ गरेको छ । 

    सोमबार एक कार्यक्रमकाबीच उक्त शाखाको नयाँ भवन परिसरको बैंकका प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत दीपक कुमार दे ले उद्घाटन गरे ।

    कार्यक्रममा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख वित्तीय अधिकृत राजेश कुमार पान्डा, प्रमुख सञ्चालन अधिकृत यादवेन्द्र कान्त, प्रमुख कर्जा अधिकृत अर्जुन नेपाल, प्रमुख व्यवसाय प्रवद्र्धन अधिकृत रितेश अर्याल लगायतको उपस्थिति रहेको थियो ।

    यसबाट ग्राहकलाई थप सुविधासहितको बैंकिङ सेवा उपलब्ध हुने अपेक्षा राखिएको नेपाल एसबिआई बैंक लि. भैरहवा शाखा प्रबन्धक दिलिप रोयले बताए ।

    हाल बैंकले १ सय शाखा, २२ एक्स्टेन्सन काउन्टर, १९ शाखारहित बैंकिङ, ७ प्रादेशिक कार्यालय, १ कर्पोरेट अफिस र १२१ एटीएमबाट आफ्नो आन्तरिक तथा विश्वव्यापी नेटवर्कमार्फत सेवा प्रदान गर्दै आएको छ ।

    WhatsApp Image 2024-09-10 at 2.09.55 PM.jpeg