२०८३, आषाढ २५ गते

Jul 09 2026 | २०८३, आषाढ २५ गते

मुख्यमन्त्री आचार्यको दावी : मेरो कार्यकालमा होटलका बिल पेश हुँदैनन्

आइतवार , भाद्र २३, २०८१

  • 754
    Shares
  • 754
    Shares
  • अर्घाखाँची, २३ भदौ । 
    लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले जिल्लाबाहिर जाँदा मुख्यमन्त्रीको नाममा खर्च भएका होटलका बिल मन्त्रालयमा पेश नहुने दावी गरेका छन् । नेपाल पत्रकार महाँसघ जिल्ला शाखा अर्घाखाँचीले आइतबार गरेको सम्मान तथा पत्रकार सम्मेलनमा बोल्दै मुख्यमन्त्री आचार्यले विगतमा जिल्लाबाहिर जाँदा होटलका बिल ल्याउने, ठुलाठुला होटलमा बस्ने गरेको भन्दै आफू होटलमा पनि नबस्ने र होटलका बिल पनि आफ्नो कार्यकालमा पेश नगर्ने दावी गरेका हुन् ।

    लुम्बिनी प्रदेश सरकारले फर्जुल खर्च रोक्न नीति गत निर्णय गरेको उल्लेख गर्दै पुर्व भिआईपीको सेवासुविधा फिर्ता गर्ने निर्णयअनुसार अगाडि बढेको बताउँदै केही पुर्वभिआईपीले अझै कार्यान्वयन नगरेकोप्रति आफू जानकार रहेको भन्दै राज्यको सम्पत्ति कानूनविपरीत प्रयोग नगर्न सचेत गराइएको बताए ।

    मुख्यमन्त्री आर्चायले वर्तमान सरकारले पुरक बजेट नल्याउने बताउँदै अघिल्लो सरकारले ल्याएको बजेट नै कार्यान्वयन गर्ने बताए ।
    नेकपा (एमाले) र नेपाली काँग्रेसबीच भएको सहमति अनुसार आफनो कार्यकाल आधा आधा रहेको बताउँदै सहमतिलाई अक्षरस कार्यान्वयन गर्ने उनले प्रतिवद्धता व्यक्त गरे ।