२०८२, भाद्र ११ गते

Aug 27 2025 | २०८२, भाद्र ११ गते

राष्ट्रिय प्रजातान्त्रिक महिला संगठन रुपन्देहीको सल्लाहकारमा विनिता गुप्ता मनोनित

बुधवार , भाद्र १९, २०८१

  • 1.9K
    Shares
  • 1.9K
    Shares
  • भैरहवा, १९ भदौ ।
    राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) निकट राष्ट्रिय प्रजातान्त्रिक महिला संगठन रुपन्देहीको सल्लाहकारमा विनिता गुप्ता मनोनित भएकी छन् । गुप्तासहित तीनजनालाई संगठनले जिल्ला सल्लाहकारमा मनोनित गरेका हो । मनोनित हुनेमा पदमा थापा र उमा राना रहेका छन् ।

    राप्रपाको सक्रिय सदस्य गुप्ता २०७९ सालको स्थानीय तहको निर्वाचनमा सिद्धार्थनगर नगरपालिकाको उपप्रमुख पदको उम्मेदवार भइ दोस्रो स्थान प्राप्त गरेकी थिइन् । सल्लाहकारमा मनोनित भएपछि उनले संगठनलाई अझ बलियो बनाउन आफ्नोतर्फबाट सक्दो सहयोग र भूमिका निर्वाह गर्ने बताइन् ।

    सल्लाहकारमा मनोनित तीनैजनालाई राप्रपा केन्द्रीय सदस्य स्वाती थापा र राष्ट्रिय प्रजातान्त्रिक महिला संगठन रुपन्देहीकी अध्यक्ष मीना देवी रिमालले मंगलबार संगठनले आयोजना गरेको तीज मिलन कार्यक्रममा मनोनयन पत्र प्रदान गरेका थिए ।

    त्यस्तै संगठनको जिल्ला सदस्यमा सुशीला खवास र लक्ष्मी परियारलाई मनोनित गरिएको राष्ट्रिय प्रजातान्त्रिक महिला संगठन रुपन्देहीकी सचिव प्रतिमा काफ्लेले जानकारी दिइन् ।

    IMG_7310.JPG