images

मंगलवार, बैशाख १८ गते २०८१

अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा निःशुल्क पाठेघर परीक्षण

अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा निःशुल्क पाठेघर परीक्षण

images
images
images
बिहिवार, फाल्गुण २० २०७७
बिहिवार, फाल्गुण २० २०७७
  • अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा निःशुल्क पाठेघर परीक्षण

    भैरहवा, २० फागुन ।
    १११ औं अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा लायन्स क्लब अफ सिद्धार्थनगर लोटसको आयोजनामा एकदिने निःशुल्क जनचेतना तथा पाठेघर परीक्षण कार्यक्रम बिहीबार सम्पन्न भएको छ । नेपाल परिवार नियोजन संघको सहयोगमा क्लबले सिद्धार्थनगर नगरपालिका–९ स्थित रुपन्देही क्याम्पस परिसरमा कार्यक्रम सम्पन्न भएको हो ।

    images

    कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि सिद्धार्थनगर नगरपालिकाका उपप्रमुख उमा काफ्लेले महिलाहरु जोखिमपूर्ण श्रमसंग जोडिएको बताइन् । उनले महिलाहरुलाई उत्पादन क्षेत्रमा जोड्नुपर्ने बताइन । नगर उपप्रमुख काफ्लेले जनसंख्याको ५१ प्रतिशत महिला स्वस्थ भए मात्र समाज स्वस्थ हुन सक्ने बताइन् ।

    लायन्स क्लब अफ सिद्धार्थनगर लोटसका अध्यक्ष दुर्गा आचार्यले विगतका वर्षहरुझैं यस वर्ष पनि नारी दिवस मनाइएको बताइन् । उनले यो कार्यक्रमलाई अभियानकै रुपमा लैजानुपर्नेमा जोड दिइन् ।

    लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक ३२५ बी २ नेपालका स्ट्राटिजिक चिफ पीएमजेएफ नवराज न्यौपानेले स्थानीय सरकारले स्वास्थ्य क्षेत्रलाई प्राथमिकता दिनुपर्ने बताए । उनले समाजको रुपान्तरणको लागि व्यक्तिले आफैबाट सुरु गर्नुपर्ने बताए ।

    सिद्धार्थनगर नगरपालिका वडा नम्बर ९ का वडाअध्यक्ष शेषकान्त भण्डारीले यस्ता कार्यक्रम ग्रामीण क्षेत्रमा पनि गर्नुपर्ने बताए । वडा नम्बर ९ का वडा सदस्य लक्ष्मी पाण्डेले पछिल्लो समय पाठेघर सम्बन्धि परीक्षण गराउनेको संख्या बढिरहेको उल्ल्लेख गरिन् ।

    रुपन्देही क्याम्पसका सहायक क्याम्पस प्रमुख लक्ष्मण ज्ञवालीले यस्ता कार्यक्रमले रोग लुकाउनु हुँदैन भन्ने सोचको विकास गराउने बताए । लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक ३२५ बी २ नेपालका डिष्ट्रिक कोर्डिनेटर रुपमा हिराचनले प्रत्येक वडामा यस्ता कार्यक्रम गर्नुपर्ने बताइन् ।

    लायन्स क्लब अफ सिद्धार्थनगर टुलिपका कार्यवाहक अध्यक्ष माया सारु मगरले लायन्स क्लब अफ सिद्धार्थनगर लोटसले सराहनीय कार्य गरेको बताइन् ।

    नेपाल परिवार नियोजन संघका सिनियर स्टाफ नर्स पदमा श्रेष्ठले पाठेघरको क्यान्सरको बच्न यसको कारणबारे थाहा पाउनुपर्ने बताइन् । क्लबका सदस्य लता पोख्रेलको स्वागत तथा सचिव पार्वती अधिकारीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij