२०८२, भाद्र ११ गते

Aug 27 2025 | २०८२, भाद्र ११ गते

सिद्धार्थ उद्योग वाणिज्य संघका सदस्यलाई यती एयरको टिकटमा छुट

बिहिवार , भाद्र १३, २०८१

  • 1.1K
    Shares
  • 1.1K
    Shares
  • भैरहवा, १३ भदौ ।
    सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीमा आबद्ध सदस्यहरुलाई यती ययरबाट यात्रा गर्दा टिकटमा छुट हुने भएको छ । बुधबार संघ र यती एयरलाइन्सबीच संघमा सदस्यहरुलाई सदस्यता कार्डको आधारमा टिकटमा १० प्रतिशत छुटको व्यवस्था प्रदान गर्ने सम्झौता भएको हो ।

    संघको सचिवालयमा आयोजित कार्यक्रममा सिद्धार्थ उद्योग वाणिज्य संघकोतर्फबाट अध्यक्ष ठाकुर कुमार श्रेष्ठ र यती एयरलाइन्सकोतर्फबाट भैरहवा शाखा स्टेशन म्यानेजर अनुप ढकालले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।

    सम्झौताअनुसार नेपालको कुनै पनि स्थानमा यती एयरबाट यात्रा गर्दा संघका सदस्यहरुलाई सदस्यता कार्डको आधारमा टिकटमा १० प्रतिशत छुटको व्यवस्था भएको कार्यकारी सचिव कमला बस्नेतले जानकारी दिइन् ।

    संघले आफ्ना सम्पूर्ण सदस्यहरुलाई यो सुविधाको सदुपयोग गर्नका लागि अनुरोध गरेको छ ।