२०८३, बैशाख ४ गते

Apr 17 2026 | २०८३, बैशाख ४ गते

कच्चा पदार्थ चोरीनिकासी हुँदा नेपाली रिसाईक्लिङ्ग उद्योगहरु समस्यामा 

बिहिवार , फाल्गुण २०, २०७७

  • 3.9K
    Shares
  • 3.9K
    Shares
  • बुटवल, २० फागुन ।

    नेपाल-भारत सिमा नाकाबाट कच्चा पदार्थ भारततर्फ चोरी निकासी हुँदा नेपाली उद्योगहरुले कच्चा पदार्थ अभावको समस्या झेल्नु परिरहेको छ । गैरकानुनी र अनाधिकृत ढंगबाट भइरहेको कच्चा पदार्थको चोरी निकासी तत्काल रोक्नुपर्ने माग गर्दै उद्योगीहरुले यसबाट नेपाली उद्योगहरुमा प्रत्यक्ष असर परेको दावी गरेका छन् ।

    खासगरी नेपाली उद्योगहरुका लागि कच्चा पदार्थका रुपमा प्रयोग हुने पुराना टायर, प्लाष्टिक, कागज, फलाम लगायतका कवाडीजन्य सामाग्रीहरु अनाधिकृत रुपले चोरीनिकासी भइ भारततर्फ जाने क्रम बढेकोले यसबाट नेपाली उद्योगहरु कच्चा पदार्थ अभावमा बन्द हुने अवस्थामा पुगेको रुपन्देही उद्योग संघका अध्यक्ष बाबुराम बोहोराले बताए । बोहोरा भन्छन्—यताबाट चोरी निकासी भएर कच्चा पदार्थ भारततर्फ जाने, यता अभाव हुने र उता भारतबाट महंगो मुल्यमा किनेर ल्याउनुपर्ने अवस्था आएपछि नेपाली उद्योगहरु धरासायी हुने अवस्था सिर्जना भएको छ । यसको समाधानका लागि हामीले प्रहरी प्रशासन समक्ष डेलिगेसन जाने र ज्ञापनपत्र बुझाउने काम गरेका छौं ।

    उनका अनुसार रुपन्देही उद्योग संघले रुपन्देहीका प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरे, नवलपरासी (पश्चिम) का प्रमुख जिल्ला अधिकारी सागरमणी पाठक, जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक प्रवीण पोखरेल, भैरहवा भन्सार कार्यालय बेलहियाका प्रमुख मणिराम पौडेललाई भेटी ज्ञापनपत्र बुझाएको छ ।