
शुक्रवार , श्रावण २३, २०७७
भैरहवा, २३ साउन ।
भारतबाट अवैध रुपमा नेपाल ल्याउँदै गरिरहेको अवस्थामा सशस्त्र प्रहरीले प्रतिबन्धित बोइलर कुखुराका चल्ला बरामद गरेको छ ।
सशस्त्र प्रहरी बल (बिओपी) पजरकट्टी, रुपन्देहीले शुक्रबार रोहिणी गाउँपालिका–६, बिसुनपुरवाबाट २ लाख ५० हजार मुल्य बराबरको बोइलर कुखुराको चल्ला बरामद गरेको सशस्त्र प्रहरी निरीक्षक शुशिरबाबु पन्तले जानकारी दिए ।
बरामद गरिएको चल्ला पशु क्वारेन्टाइन कार्यालय भैरहवाका डाक्टर, स्थानीय जनप्रतिनिधि, सञ्चारकर्मी लगायतको रोहवरमा नष्ट गरिएको प्रहरी निरीक्षक पन्तले जानकारी दिए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij