images

मंगलवार, बैशाख १८ गते २०८१

कोरोना कहरपछिको बाह्य पर्यटक आगमन आशालाग्दो अवस्थामा 

कोरोना कहरपछिको बाह्य पर्यटक आगमन आशालाग्दो अवस्थामा 

images
images
images
बिहिवार, फाल्गुण २० २०७७
बिहिवार, फाल्गुण २० २०७७
  • कोरोना कहरपछिको बाह्य पर्यटक आगमन आशालाग्दो अवस्थामा 

    काठमाडौं, २० फागुन । 
    कोरोना भाइरस (कोभिड–१९) महामारीपछि पछिल्लो समय बिदेशी पर्यटकको आगमन दर बढ्दै गएको छ । सन् २०२१ को फेबु्रअरीमा विदेशी पर्यटकको आगमनमा झिनो सुधार भएको छ भने पछिल्लो पर्यटक आगमन दर हेर्दा विस्तारै विदेशी पर्यटक संख्या आशा लाग्दो अवस्थामा बढेको देखिन्छ । 

    images

    सन् २०२१ को पहिलो दुई महिनामा कूल १८ हजार २० विदेशी पर्यटक नेपाल आएका छन् । नेपाल पर्यटन बोर्डका अनुसार जनवरीमा ८ हजार ८ सय ४७ र फेब्रुअरीमा ९ हजार १ सय ४६ पर्यटक नेपाल आएका थिए । बोर्डका प्रवक्ता मणि लामिछाने भन्छन्–यो हवाईमार्गबाट आउने पर्यटकको संख्या मात्र हो । पछिल्लो महिनामा पर्यटक आवागमन सुधारात्मक रहेकोे छ । 
    फेब्रुअरी महिनामा सबैभन्दा बढी भारतबाट चार हजार ७ सय ६३ पर्यटक नेपाल आएका छन् । सन् २०२०को फेब्रुअरी महिनामा भारतबाट १४ हजार ८ सय ४० पर्यटक आएका थिए । जुन अघिल्लो वर्षको तुलनामा ६७ दशमल ९ प्रतिशतले कमी हो । उक्त अवधिमा चीनबाट मात्र ७ सय ८ पर्यटक नेपाल आएका छन् । यो संख्या अघिल्लो वर्षको तुलनामा ७७ दशमलव ९ प्रतिशतले कमी हो ।

    सन् २०२० मा २ लाख ३० हजार ८५ विदेशी पर्यटक नेपाल आएका थिए । सन् २०२०को फेब्रुअरीमा ३ हजार २ सय ७ पर्यटक नेपाल आएका थिए । बोर्डका अनुसार अमेरिकाबाट ५ सय २ र जर्मनीबाट १ सय २६ पर्यटक आएका छन् ।

    कोभिड महामारी जारी रहे पनि नेपालमा कोभिडविरुद्धको खोप लगाउन सुरु भइसकेको र कोभिडका संक्रमितको संख्या पनि दिनानुदिन घटिरहेकाले पर्यटक आवागमन बढ्ने अपेक्षा पर्यटन व्यवसायीको छ । यद्यपी नेपाल भारत सीमा नाकामा अझै पनि आउजाउ बन्द गरिएको छ । सीमा नाकामा आउजाउलाई सहज बनाउन आवश्यक व्यवस्थापन गर्न ब्यबसायीले आग्रह गरेका छन् ।

    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij