२०८३, भाद्र १३ गते

Aug 29 2026 | २०८३, भाद्र १३ गते

लुम्बिनी इन्टिग्रेटेडमा उद्यमशीलता सम्बन्धी अभिमुखीकरण तथा अन्तक्रिया

सोमवार , भाद्र १०, २०८१

  • 841
    Shares
  • 841
    Shares
  • भैरहवा, १० भदौ । 
    लायन्स क्लब अफ बुटवल शान्ती दीपले रुपन्देहीको तिलोत्तमा नगरपालिका-३ स्थित लुम्बिनी इन्टिग्रेटेड एकेडेमीमा स्नातक तह बी.ए.एल.एल.बी र बी.एस.सी (फरेष्ट्री) अध्ययन गर्ने विद्यार्थीसँग उद्यमशीलता सम्बन्धी अभिमुखीकरण तथा अन्तक्रिया कार्यक्रम गरेको छ । 

    कार्यक्रममा लायन्स क्बल इन्टरनेशनल डिष्ट्रिक ३२५ पी, नेपालका सल्लाहकार, उद्यमशीलता सम्बन्धी प्रमुख प्रशिक्षक मुकुन्द ज्ञवालीले नविनत्तम सोचलाई कसरी छिटो उद्यमशीलतासँग जोड्ने र आत्मनिर्भर बन्ने विषयमा जानकारी गराएका थिए । 

    कार्यक्रमको प्रमुख अतिथि लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक ३२५ पी का डिष्ट्रिक गभर्नर पुरुषोत्तमभक्त प्रधानाङ्गले सामाजिक उत्तरदायित्व लायन्सको प्रमुख उद्देश्य  रहेको बताए । विद्यार्थीलाई आत्मनिर्भर बनाउनका लागि सामाजिक सेवाको कार्य अन्तर्गत युवा विद्यार्थीको क्षमता अभिवृद्धि गर्ने उद्देश्यका साथ गरिएको कार्यक्रमले एकेडेमी र लायन्स क्लबलाई अझै उचाईमा पुर्याउन मद्दत गरेको भन्दै उनले आभार प्रकट गरे  ।

    लायन्स क्लब अफ बुटवल शान्ति दीप वर्ष २०२४–०२५ का अध्यक्ष विशाल पन्थीले विगतमा वृक्षरोपण, रक्तदान तथा विभिन्न आश्रममा खाद्यान्न प्रदान गरेर सेवा गरेकोमा अबदेखि यस्ता खालका प्रशिक्षण तथा सिकाइ सम्बन्धी कार्यक्रमहरुलाई पनि जोडेर लायन्स क्लबलाई युवा विद्यार्थीसँग परिचित गराउने बताए । उनले युवा विद्यार्थीहरुको क्षमता अभिवृद्धिमा सहयोग पुग्ने खालका कार्यक्रमलाई निरन्तरता दिने जानकारी दिए ।

    Lumbini Integrated (1).jpeg

    लुम्बिनी इन्टिग्रेटेड एकेडेमीका निर्देशक अशोक कुमार मल्लिकले कार्यक्रम आयोजना गरेकोमा क्लबलाई धन्यवाद व्यक्त गरेका थिए । क्लबका उपाध्यक्ष प्रकाश अधिकारीको संयोजकत्वमा भएको कार्यक्रमको सञ्चालन सचिव लक्ष्मी नारायण खनालले गरेका थिए ।