images

मंगलवार, बैशाख १८ गते २०८१

होटल दा फ्लेमिंगोद्वारा रक्तदान

होटल दा फ्लेमिंगोद्वारा रक्तदान

images
images
images
बुधवार, फाल्गुण १९ २०७७
बुधवार, फाल्गुण १९ २०७७
  • होटल दा फ्लेमिंगोद्वारा रक्तदान

    बुटवल, १९ फागुन । 
    बुटवलको योगीकुटीमा सञ्चालनमा आउन लागेको होटल दा फ्लेमिंगोले रक्तदान गरेको छ । होटेल परिसरमै बिहीबार भएको रक्तदानमा होटेलका कर्मचारी, मणिमुकुन्द कलेज र हस्पिटालिटी कलेज बुटवलका विद्यार्थी तथा स्थानीय गरी ५२ जनाले रक्तदान गरेका हुन् ।  

    images

    फागुन २७ (मार्च ११) मा सफ्ट ओपनिङ गर्न गइरहेको होटेलले सञ्चादनमा आउनुपुर्व नै सामाजिक उत्तरदायित्व वहन गर्दै रक्तदान कार्यक्रम आयोजना गरेको सञ्चालक दिलिप गौचनले जानकारी दिए । रक्त सञ्चार सेवा केन्द्र बुटवलको प्राविधिक सहयोगमा सम्पन्न रक्तदानमा सहभागी सबैलाई होटेलले धन्यवाद ज्ञापन सहित प्रमाणपत्र प्रदान गरेको छ । आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गरी करिब ६ रोपनी जग्गामा निर्माण भएको होटलमा स्विट, जुनियर स्विट, सुपर डिलक्स र डिलक्स गरी चार स्तरका ५१ वटा कोठा छन् भने ४ सय जना क्षमताको एउटा बैंक्युट हल तथा सय जना र ३० जना क्षमताको दुई वटा कन्फेरेन्स हल रहेका गौचनले  बताए । 

    स्विमिङ पुल, जिम, स्पा, साउना, स्टिम लगायतको सेवा उपलब्ध हुने होटलका महाप्रबन्धक काशीराम अधिकारीले जानकारी दिए । होटेलको सफ्ट आपेनिङको तयारी अन्तिम चरणमा पुगेको महाप्रबन्धक अधिकारीले बताए । 

    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij