२०८२, भाद्र १० गते

Aug 26 2025 | २०८२, भाद्र १० गते

भानु माविका विद्यार्थीलाई अभिमुखीकरण

शनिवार , भाद्र ८, २०८१

  • 526
    Shares
  • 526
    Shares
  • भैरहवा, ८ भदौ ।

    मानव बेचबिखन तथा ओसारपसारविरुद्ध कानूनी विषयक अभिमुखीकरण कार्यक्रम शनिबार भैरहवामा सम्पन्न भएको छ ।

    माइती नेपाल आवधिक गृह भैरहवा रुपन्देहीको आयोजनामा भएको कार्यक्रममा भानु माध्यमिक विद्यालयका २५ जना छात्रा सहभागी भएका थिए ।

    सहभागीलाई मानव बेचबिखन भनेको के हो, कसरी बच्न सकिन्छ। कसरी बेचिन्छ, जस्ता विविध विषयमा माइती नेपाल भैरहवाका कार्यmम संयोजक माया क्षेत्रीले प्रस्तुतीस्करण गरेकी थिइन् ।

    भानु माविका सहायक प्रधानाध्यापक पवित्रा कोइरालाको अध्यक्षतामा भएको कार्यक्रममा वडा प्रहरी कार्यालय भैरहवाका प्रमुख प्रहरी निरीक्षक सुरज खड्काले मानव बेचबिखन विरुद्धमा कानूनी सजाय जस्ता विविध गतिविधिमा प्रशिक्षण दिएका थिए ।