२०८३, भाद्र १३ गते

Aug 29 2026 | २०८३, भाद्र १३ गते

रोटरी लुम्बिनी सिद्धार्थनगरद्वारा मानसिक स्वास्थ्यसम्बन्धि अभिमुखीकरण

शुक्रवार , भाद्र ७, २०८१

  • 994
    Shares
  • 994
    Shares
  • भैरहवा, ७ भदौ ।
    रोटरी क्लब अफ लुम्बिनी सिद्धार्थनगरको १३४२ औं बैठक बिहीबार भैरहवामा सम्पन्न भएको छ । सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीको सभाहलमा भएको बैठकमा मानसिक स्वास्थ्यसम्बन्धि अभिमुखीकरण कार्यक्रम गरिएको छ । ‘स्वास्थ्य मन, स्वास्थ्य शरीर’ भन्ने नाराका साथ कार्यक्रम गरिएको रोटरी क्लब अफ लुम्बिनी सिद्धार्थनगर वर्ष २०२४/०२५ का अध्यक्ष ओम जैसीले बताए ।

    कार्यक्रममा प्रमुख वक्ता (गेष्ट स्पीकर) मनोरोग विशेषज्ञ डाक्टर विक्रम काफ्लेले सचेतना प्रदान गरेका थिए । उनले क्लबले यो कार्यक्रम गर्नु सरानीय रहेको बताए । उनले भने, ’मानसिक स्वास्थ्यबारे बृहत रुपमा छलफल गर्न आवश्यक छ ।’

    क्लबका अध्यक्ष ओम जैसीको अध्यक्षता, नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष कृष्ण प्रसाद शर्माको प्रमुख आतिथ्यता, सिद्धार्थ उद्योग वाणिज्य संघका अध्यक्ष ठाकुर कुमार श्रेष्ठको विशिष्ट आतिथ्यता, संघका वरिष्ठ उपाध्यक्ष नेत्र प्रसाद आचार्यको स्वागत, रोटरी लुम्बिनी सिद्धार्थनगरका पूर्वअध्यक्ष जितेन्द्रनाथ शर्माको धन्यवाद ज्ञापन तथा सचिव दिनेश अग्रवालको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

    कार्यक्रममा रोटरी लुम्बिनी सिद्धार्थनगरका पदाधिकारी, सदस्य, सिद्धार्थ उद्योग वाणिज्य संघका पदाधिकारी, कार्यसमिति सदस्य, सल्लाहकार, परामर्शदाता लगायत गरी ६७ जनाको उपस्थिति रहेको अध्यक्ष जैसीले जानकारी दिए ।