
बुधवार , फाल्गुण १९, २०७७
तिलोत्तमा, १९ फागुन ।
रुपन्देहीको तिलोत्तमा नगरपालिकामा सम्पन्न सर्वोत्तम सिमेन्ट सुनिल ढुंगाना स्मृति टी–१० नकआउट क्रिकेट प्रतियोगिताको उपाधी लुम्बिनी नव युवा क्लबले उचालेको छ । बुधबार सम्पन्न फाइनल खेलमा लुम्बिनीले आर. आर. चिलियालाई ७१ रनको फराकिलो अन्तरले पछाडि पार्दै उपाधि उचालेको हो ।
उपाधिसंगै लुम्बिनीले नगद १ लाखको साथमा कप, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । प्रतियोगितामा उपविजेता बनेको आर. आर चिलियाले ५० हजार नगद पुरस्कार सहतिकप, मेडल र प्रमाणपत्रमा चित्त बुझायो ।
प्रतियोगितामा पहिले ब्याटिङ ग।रेको लुम्बिनीले निर्धारित १० ओभरको खेलमा १ सय २५ रनको योगफल तयार पारेको थियो । लुम्बिनीका लागि जाबेद अलीले सर्वाधिक ७२ रनको योगदान गरे । १ सय २६ रनको विजयी लक्ष्क्ष्यका साथ ब्याटिङ थालेको चिलिया ५४ रनमै समेटिएपछि लुम्बिनीले सानदार जित दर्ता गराएको हो ।
प्रतियोगितामा टिमलाई ७२ रनको योगदान गर्ने लुम्बिनीका जाबेद अलि म्यान अफ द म्याच बने । प्रतियोगिता म्यान अफ द सिरिजको उपाधि जितेका आर.आर चिलियाकावासी अहमदले नगद १० हजार र बेष्ट बलर बनेका तिलोत्तमा क्रिकेट एकेडेमीका श्याम खरेलले नगद ५ हजार पुरस्कार प्राप्त गरे ।
प्रतियोगिताका विजेतालाई प्रमुख अतिथि सर्वोत्तम सिमेन्टका क्षेत्रीय बजार व्यवस्थापक रमेश ढकाल, विशिष्ट अतिथि तिलोत्तमा नगर खेलकुद समितिका संयोजक राजेन्द्र गुरुङ लगायतले पुरस्कार वितरण गरेका थिए ।
आयोजक तिलोत्तमा क्रिकेट विकास समितिका अध्यक्ष दिपक शर्मा भुर्तेलको अध्यक्षता, सर्वोत्तम सिमेन्टका क्षेत्रीय बजार व्यवस्थापक रमेश ढकालको प्रमुख आतिथ्यता र खेल संयोजक कमल श्रेष्ठको स्वागतमा सम्पन्न कार्यक्रमको संचालन तिलोत्तमा क्रिकेट विकास समितिका उपाध्यक्ष राजेन्द्र केसीले गरेका थिए ।
स्वर्गीय ढुंगानाको नाममा अक्षकोषको स्थापना गर्ने र सो रकमबाट तिलोत्तमा नगरभित्रका विद्यालयस्तरका २ जना छात्र र एक छात्रा खेलाडीलाई छात्रवृत्ति प्रदान गर्ने उद्देश्यका साथ आयोजित प्रतियोगितामा विभिन्न ८ वटा टिमको सहभागिता रहेको थियो । प्रतियोगिता सिद्धार्थ क्लबको खेलमैदान चपरहट्टीमा सम्पन्न भएको हो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij