२०८२, आश्विन २६ गते

Oct 12 2025 | २०८२, आश्विन २६ गते

आँखा पाक्ने समस्या किन हुन्छ ?

आइतवार , भाद्र २, २०८१

  • 1.5K
    Shares
  • 1.5K
    Shares
  • परिचय : आँखा पाक्ने रोग भाईरस तथा ब्याक्टरियाको कारणले हुने गरेको छ । यो हरेक वर्षायामको वरपर प्रकोपको रुपमा देखा पर्ने गरेको छ । प्रायः आँखा पाक्ने रोग एडिनोभाईरसको कारणले हुने गर्दछ । भाइरसको कारणले गर्दा यो रोग एक व्यक्तिबाट अर्को व्यक्तिमा सजिलै सर्ने गर्दछ । परिवार हुँदै समुदायभरी नै फैलिन धेरै समय लाग्दैन । यो रोग जुनसुकै उमेर समूहका व्यक्तिलाई लाग्न सक्छ ।

    आँखा पाक्ने रोग कसरी सर्ने गर्दछ ?
    यो संक्रमित व्यक्तिको आँसु, कचेराको माध्ययमबाट सर्ने गर्दछ । संक्रमित व्यक्तिले प्रयोग गरेको टावेल, साबुन, चश्मा र सरसमानहरु अर्को व्यक्तिले प्रयोग गर्दा सर्न सक्छ । एउटै सिरानी, एउटै विस्तारा प्रयोग गर्दा सर्ने गर्दछ ।

    यो रोग के गर्दा सर्देन ?
    सक्रमित व्यक्तिसँग सँगै बस्दैमा, उसँग कुरा गर्दैमा, उसको आँखामा हेर्दैमा यो रोग सर्देन ।

    यो रोगका लक्षणहरु
    यसमा संक्रमित व्यक्तिको आँखा चिलाउने, आँसु आउने, बिझाएको अनुभव हुने, चिप्रा आउने, आँखाको सेतो भाग रातो हुने गर्दछ । आँखाको गेडी दुख्ने, परेला सुन्निने आदि हुन सक्छ । कहिलेकाही आँसुमा रगत मिसिएर आउने गर्दछ ।

    यसको उपचार के हुन सक्छ ?
    संक्रमित व्यक्ति आइसोलेशनमा बस्ने, उसले प्रयोग गर्ने समानहरु छुट्टै प्रयोग गर्ने गर्नुपर्दछ । परिवारलाई सर्न नदिनको लागी समयसमयमा साबुनपानीले हात धुनुपर्दछ । सेनिटाईजर प्रयोग गर्नुपर्दछ । संक्रमित व्यक्तिको आँखा चिसो पानी वा बरफले सेक्नुपर्दछ । घर बाहिर जाँदा कालो चश्माको प्रयोग गर्नुपर्दछ । संक्रमित आँखालाई छोएपछि राम्रोसँग साबुनपानीले हात धुनुपर्दछ ।

    संक्रमित व्यक्ति भिडभाड भएको ठाउँमा जानुहुँदैन । यदी विद्यार्थीहरुमा यो समस्या देखिएमा विद्यालय नपठाई तुरुन्त घरमा राखी उपचार गरिहाल्नुपर्दछ । जथाभावी आफुखुसी औषधी किनेर प्रयोग गर्नुहुँदैन । यदि आँखामा संक्रमण देखिएमा हेलचेक्राई नगरी नजिकको आँखा अस्पताल वा आँखा उपचार केन्द्रमा गएर चिकित्सकको परामर्श लिनुपर्दछ ।

    (लेखक लुम्बिनी नेत्र विज्ञान अध्ययन संस्थान तथा रिसर्च सेन्टरका भैरहवाका उप–व्यवस्थापक एवं नेत्र अधिकृत हुन् )