२०८२, आषाढ २८ गते

Jul 12 2025 | २०८२, आषाढ २८ गते

एसियन बुद्ध होटलमा दर खाने कार्यक्रम

आइतवार , भाद्र २, २०८१

भैरहवा, २ भदौ । 
रुपन्देहीको भैरहवास्थित एसियन बुद्ध होटलले दर खाने कार्यक्रम सम्पन्न गरेको छ । ‘महिलाहरु बलिदानको प्रतिक हुन् र तीज उत्सवको प्रभावले परिवारका लागि कुनै पनि हदसम्म जान सक्ने आत्मशक्ति महिलाहरुमा उत्पन्न हुन्छ’ भन्ने नाराका साथ सिद्धार्थनगर नगरपालिका–८ बसडिलवास्थित होटलले शनिबार उक्त कार्यक्रम गरेको हो । 

हिन्दू नारीहरुको महान पर्व हरितालिका तीजको अवसरमा कार्यक्रमको आयोजना गरिएको होटलका अपरेसन म्यानेजर जे.पी. सुवेदीले बताए । कार्यक्रममा ९ सय जना बढीको सहभागीता रहेको सुवेदीले जानकारी दिए । धर्म संस्कृतिको संरक्षणका लागि कार्यक्रम गरेको चारतारे होटल एसियन बुद्धले विभिन्न सामाजिक कार्य तथा सरसफाई कार्यक्रम समेत गर्दै आएको उनको भनाइ छ ।

कार्यक्रममा सहभागी उमा कुमारी शर्माले एसियन बुद्ध होटलले निःशुल्क रुपमा दर खाने कार्यक्रम गरेको बताइन् । उनले भनिन्, ‘कार्यक्रम आयोजना गर्ने होटल परिवारलाई धन्यवाद दिन चाहन्छु ।’ कार्यक्रममा विभिन्न साँस्कृतिक प्रस्तुति रहेको थियो ।

WhatsApp Image 2024-08-18 at 8.57.49 AM.jpeg