२०८२, भाद्र १० गते

Aug 26 2025 | २०८२, भाद्र १० गते

साई ग्लोबल एकेडेमीको अध्यक्षमा अमात्य, प्रबन्ध निर्देशकमा पुनः पौडेल

आइतवार , भाद्र २, २०८१

  • 4.9K
    Shares
  • 4.9K
    Shares
  • भैरहवा, २ भदौ ।
    रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–८ बसडिलियास्थित साई ग्लोबल एकेडेमी साई ग्लोबल माध्यमिक विद्यालय तथा कलेजको २२ औं वार्षिक साधारणसभा तथा १२ औं अधिवेशन सम्पन्न भएको छ । शनिबार भैरहवामा भएको अधिवेशनले दिनेशमान अमात्यको अध्यक्षतामा विद्यालय सञ्चालक समिति चयन गरेको छ । 

    सञ्चालक समितिको प्रबन्ध निर्देशक (एम.डी.) मा मोती प्रसाद पौडेल निर्वाचित भएका छन् । प्रबन्ध निर्देशकमा यसअघि पनि सोही पदमै रहेका पौडेलले दोस्रो कार्यकालका लागि जिम्मेवारी पाएका छन् ।

    त्यस्तै सञ्चालक समिति सदस्यहरुमा पार्थिवेन्द्र उपाध्याय, कृष्ण मोहन कोहार, प्रकाश पाण्डे, डा. राजेन्द्र राउत, सरोज कमल श्रेष्ठ र केशव शर्मा बेलवासे रहेको एकेडेमीले जनाएको छ ।