२०८३, जेठ १० गते

May 24 2026 | २०८३, जेठ १० गते

रोटरी तिलोत्तमा रुपन्देहीद्वारा रक्तदान, ८२ यूनिट रगत संकलन

शनिवार , भाद्र १, २०८१

  • 757
    Shares
  • 757
    Shares
  • रुपन्देही, १ भदौ ।
    रोटरी क्लब अफ तिलात्तमा रुपन्देहीले रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । बुटवलस्थित रक्त संचार केन्द्रको भवनमा सम्पन्न भएको रक्तदान कार्यक्रमा ८२ यूनिट रगत संकलन भएको कार्यक्रम संयोजक भगवती अर्यालले जानकारी दिइन् । पछिल्लो समय रगत अभावका समाचारहरु विभिन्न सञ्चार माध्यममा आएसँगै क्लबले रक्तदान कार्यक्रमको आयोजना गरेको उनले बताए ।

    रोटरी क्लब अफ तिलोत्तमा रुपन्देहीको आयोजना तथा रोट्रयाक्ट क्लब अफ तिलोत्तमा देवदह, तिलोत्तमा रुपन्देही र तिलोत्तमा शुद्धोधनको सह–आयोजनामा भएको कार्यक्रम भएको हो ।

    कार्यक्रममा बोल्दै प्रमुख अतिथि लुम्बिनी प्रदेश सभा सदस्य जमुना ढकालले पछिल्लो समय रगत अभावका कुराहरु सुन्न आएको भन्दै रगत अभाव हनु नदिनको लागी घर भित्रबाट नै रक्तदानको महत्वको विषयमा जानकारी दिनुपर्ने बताइन् । 

    त्यस्तै नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रिय महासचिव एवं रुपन्देहीका अध्यक्ष कृष्ण चौहान क्षेत्रीले समाजमा जान्नेबुझ्ने बन्ने र रक्तदान भनेपछि पछि हट्ने वर्गका कारण रगतको सहज व्यवस्थापन गर्न गाह्रो भएको बताए । उहाँले रुपन्देहीमा दैनिक १२० युनिटको हाराहारीमा रगतको माग रहेको बताउँदै अहिले हुने रक्तदान कार्यक्रमले पर्याप्त रुपमा रगतको माग धान्न मुस्किल पर्ने गरेको बताए ।

    क्लबको ६४४ औ नियमित बैठकसँगै आयोजित रक्तदान कार्यक्रम क्लबका अध्यक्ष देवीराम पाण्डेको अध्यक्षतामा भएको थियो । कार्यक्रममा क्लवका पूर्वअध्यक्ष एवंरोटरी डिष्ट्रिकका सह–सचिव कृष्ण प्रसाद शर्मा, संस्थापक अध्यक्ष डोलराज गैरे, सचिव अर्जुन प्रसाद आचार्य लगायतले बोलेका थिए ।