२०८३, बैशाख १४ गते

Apr 27 2026 | २०८३, बैशाख १४ गते

सरकारले शिक्षकहरुमाथि दमन गर्न मिल्दैन : प्रधानमन्त्री ओली

शनिवार , भाद्र १, २०८१

  • 598
    Shares
  • 598
    Shares
  • काठमाडौं, १ भदौ ।

    प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले शिक्षकहरुमाथि दमन गर्न नमिल्ने बताएका छन् । शनिबार काठमाडौंमा नेपाल राष्ट्रिय शिक्षक संगठनको २३ औं राष्ट्रिय परिषद् बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यसअघि शिक्षामन्त्री भएकाले राजनीतिलाई जोडेर शिक्षकहरुमाथि एकतर्फी ढंगले दमनचक्र चलाउने काम गरेको भन्दै सरकारले शिक्षकहरुमाथि दमन गर्न नमिल्ने बताएका हुन् ।

    यसअघिका शिक्षामन्त्री सुमना श्रेष्ठमाथि लक्षित गर्दै प्रधानमन्त्री ओलीले नेपालको राजनीतिक इतिहासमा शिक्षकको भूमिकालाई नबुझेकाहरुले शिक्षकहरुमाथि दमन गर्ने काम गरेको बताए । ८२५ शिक्षकलाई राजीनामा गराए, राजनीतिक आबद्धता त्याग्न लगाए जस्ता कुराहरु सही नभएको उनले बताए ।

    उनले शिक्षक सरकारका सत्रु नभएको र सरकारले शिक्षकमाथि अत्याचार गर्नुपर्ने कुनै कारण नरहेको जिकिर गरे । प्रधानमन्त्री ओलीले अहिलेको समयअनुसार शिक्षा क्षेत्रलाई सुधार गर्न शिक्षासम्बन्धी ऐन सबैको छलफलपछि अघि बढाउने उल्लेख गरे ।
    उनले अहिले पनि समाजलाई कानून, संविधानप्रति जवाफदेही हुनुपर्छ भन्ने बनाउन जरुरी रहेको बताए ।